अर्लाङ्कोट सेवा समाज जापानको चौथो अधिवेशन सम्पन्न, भुवन सापकोटा अध्यक्षमा सर्वसम्मत
राम्रो पोष्ट
१५ असोज २०८३, बिहिवार
टोकियो । अर्लाङ्कोट सेवा समाज जापानको चौथो अधिवेशन जापानको टोकियोमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट भुवन सापकोटा अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
अधिवेशनबाट रामप्रसाद खरेल, सागर खराल र निराजन सापकोटा उपाध्यक्षमा निर्वाचित हुनुभएको छ भने गोविन्द खराल महासचिवमा चयन हुनुभएको छ। त्यस्तै विशाल सापकोटा र रुसी खरेल सचिवमा, मुकेश शर्मा सापकोटा कोषाध्यक्षमा तथा खड्का खत्री सह–कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।
सदस्यहरूमा पिताम्बर खरेल, विष्णु प्रसाद खरेल, सीता खराल सुवेदी, ज्योतिन्द्र सापकोटा, विष्णु सापकोटा, रामहरि सापकोटा र रामु सुवेदी चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष भुवन सापकोटा लगायत सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले अर्लाङ्कोट सेवा समाज जापानका संस्थागत उद्देश्यहरू हासिल गर्दै समाजका सम्पूर्ण सदस्यलाई समेटेर आगामी दिनमा थप प्रभावकारी र अनुकरणीय कार्य गर्ने विश्वास व्यक्त गरिएको छ।

राम्रो पोष्ट