September 30, 2026

भर्खरै

जापानमा भिसा नवीकरण र स्थायी बसोबासको शुल्क बिहीबारदेखि बढ्दै

राम्रो पोष्ट १४ असोज २०८३, बुधवार
जापानमा भिसा नवीकरण र स्थायी बसोबासको शुल्क बिहीबारदेखि बढ्दै

टोकियो — जापानले बिहीबारदेखि भिसा नवीकरण तथा स्थायी बसोबास (Permanent Residency) आवेदनको शुल्क बढाउने भएको छ।
जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार, मे महिनामा पारित भएको इमिग्रेसन कन्ट्रोल एक्टको संशोधनअनुसार नयाँ शुल्क लागू हुन लागेको हो।
अब भिसा नवीकरण तथा Status of Residence परिवर्तन गर्दा प्रदान गरिने बसोबास अवधिअनुसार शुल्क फरक हुनेछ। छोटो अवधिका लागि तुलनात्मक रूपमा कम र लामो अवधिका लागि बढी शुल्क लाग्नेछ।
नयाँ व्यवस्थाअनुसार भिसा नवीकरणको शुल्क अधिकतम ७५,००० येनसम्म पुग्नेछ। त्यस्तै, स्थायी बसोबास (PR) आवेदनको शुल्क अधिकतम २ लाख येन हुनेछ।
हाल भिसा नवीकरणको शुल्क ६,००० येन र स्थायी बसोबास आवेदनको शुल्क १०,००० येन रहेकोमा नयाँ व्यवस्थापछि शुल्कमा ठूलो वृद्धि हुनेछ।
नयाँ भिसा नवीकरण शुल्क
- ३ महिनासम्म: १०,००० येन
- ३ महिनादेखि ६ महिनासम्म: १८,००० येन
- ६ महिनादेखि १ वर्षसम्म: २५,००० येन
- १ वर्ष: ३३,००० येन
- १ वर्षदेखि ३ वर्षसम्म: ४८,००० येन
- ३ वर्षदेखि ५ वर्षसम्म: ६४,००० येन
- ५ वर्ष वा सोभन्दा बढी: ७५,००० येन
यससँगै जापानमा बसोबास गरिरहेका विदेशी नागरिकले भिसा नवीकरण, स्टाटस परिवर्तन तथा स्थायी बसोबास आवेदन गर्दा पहिलेभन्दा उल्लेख्य रूपमा बढी शुल्क तिर्नुपर्नेछ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट