संगठन बलियो बनाउने एजेन्डासहित कांग्रेस महाधिवेशनमा बादल लामा ‘किरण’को उम्मेदवारी घोषणा
राम्रो पोष्ट
१० असोज २०८३, शनिवार
दोलखा । नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय युवा बादल लामा ‘किरण’ले पार्टीको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, जनजाति क्लस्टरतर्फ उम्मेदवारी दिने घोषणा गरेका छन्।
लामाले आफ्नो उम्मेदवारी कुनै नेताको आग्रह वा निर्देशनमा नभई आफ्नै विचार, इच्छा र निर्णयका आधारमा अघि बढाएको बताएका छन्।
पार्टी संगठनलाई थप बलियो र व्यवस्थित बनाउने, जनताको हितमा काम गर्ने तथा नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आफू महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्न लागेको उनको भनाइ छ।
लामाले कांग्रेसलाई अझ सशक्त, जनमुखी र संगठनात्मक रूपमा मजबुत बनाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीभित्र विचार, सिद्धान्त र आदर्शलाई प्राथमिकता दिँदै समाजका विभिन्न वर्गका समस्यालाई सम्बोधन गर्ने एजेन्डा अघि सारेका छन्।
उम्मेदवारी घोषणा गर्दै लामाले सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई अमूल्य मत दिएर विजयी गराउन आग्रह गरेका छन्। साथै, आफ्नो अभियानमा सबैको साथ, सहयोग र सुझावको अपेक्षा रहेको बताएका छन्।
उनको उम्मेदवारी अभियानको मुख्य सन्देश “सुदृढ संगठन, सशक्त कांग्रेस, समृद्ध नेपाल” रहेको छ।