September 23, 2026

भर्खरै

चरिकोटबाट हराएका दोलखाका शिक्षक शिव बहादुर शिवाकोटी काठमाडौंसम्म पुगेको जानकारी, खोजीका लागि अपिल

राम्रो पोष्ट ७ असोज २०८३, बुधवार
चरिकोटबाट हराएका दोलखाका शिक्षक शिव बहादुर शिवाकोटी काठमाडौंसम्म पुगेको जानकारी, खोजीका लागि अपिल

चरिकोट। दोलखाको कालिञ्चोक गाउँपालिका–८, सुनखानी मलेपु स्थायी घर भएका शिक्षक शिव बहादुर शिवाकोटी असोज २ गते चरिकोटबाट हराएपछि परिवारले उनको खोजी गरिरहेको छ।
शिवाकोटी दोलखाका शिक्षकसमेत रहेका र लामो समयदेखि शिक्षण क्षेत्रमा आबद्ध रहेको परिवारजनले बताएका छन्। असोज २ गते चरिकोटबाट सम्पर्कविहीन भएपछि परिवार, आफन्त तथा शुभेच्छुकहरूले उनको खोजीलाई तीव्रता दिएका छन्।
परिवारका अनुसार, शिवाकोटी सोही दिन रोल्वालिङ यातायातको ६९९ नम्बरको ईभी गाडी चढेर काठमाडौंको जडीबुटीसम्म पुगेको जानकारी प्राप्त भएको छ। उक्त गाडीमा उनकी बहिनी करुणा थापा पनि सँगै रहेको बताइएको छ।
बहिनी करुणा थापाबाट प्राप्त जानकारीअनुसार शिवाकोटी जडीबुटीसम्म पुगेको यकिन भएको भए पनि त्यसपछि उनी कहाँ गए भन्नेबारे हालसम्म थप जानकारी प्राप्त हुन सकेको छैन।
परिवारले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा रहेका सर्वसाधारणलाई शिव बहादुर शिवाकोटीलाई कतै देखेमा वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालयमा तत्काल जानकारी गराइदिन अनुरोध गरेको छ।
शिवाकोटीको खोजीमा सहयोग पुग्ने कुनै पनि सूचना परिवारका लागि महत्वपूर्ण हुने भन्दै परिवारले सबैलाई सहयोग र खोजी अभियानमा साथ दिन अपिल गरेको छ।
उहाँलाई देख्नुभएका वा उहाँको अवस्थाबारे जानकारी भएका व्यक्तिले नजिकैको प्रहरी कार्यालय वा परिवारजनलाई जानकारी गराइदिनुहुन अनुरोध छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट