September 25, 2026

भर्खरै

रुसका लागि लडेका दुई उत्तर कोरियाली सैनिकलाई युक्रेनले दक्षिण कोरियालाई बुझायो

राम्रो पोष्ट ८ असोज २०८३, बिहिवार
रुसका लागि लडेका दुई उत्तर कोरियाली सैनिकलाई युक्रेनले दक्षिण कोरियालाई बुझायो

सियोल — युक्रेनले रुसको पक्षमा युद्ध लड्दै गर्दा पक्राउ परेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण कोरियालाई पठाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।
ल्प् ल्भधक का अनुसार, जेलेन्स्कीले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै हालै दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरिया पठाइएको जानकारी दिएका हुन्। उनका अनुसार ती दुई सैनिकलाई जीवित पक्राउ गर्न सहज थिएन। पक्राउ पर्ने क्रममा उनीहरूमध्ये एकले आत्महत्या गर्ने प्रयाससमेत गरेको जेलेन्स्कीले बताएका छन्।
ती दुई उत्तर कोरियाली सैनिकलाई सन् २०२५ को जनवरीमा रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले पक्राउ गरेको थियो। उनीहरू रुसको पक्षबाट युद्धमा सहभागी हुन उत्तर कोरियाबाट पठाइएका सैनिकमध्ये पक्राउ परेका पहिलो जीवित सैनिकका रूपमा सार्वजनिक भएका थिए।
पक्राउ परेपछि दुवै सैनिकले उत्तर कोरिया फर्कनुभन्दा दक्षिण कोरिया जान इच्छा व्यक्त गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले जनाएका थिए। उनीहरूले दक्षिण कोरियामा रहेका उत्तर कोरियाली शरणार्थीसम्बन्धी संस्थामार्फत पनि आफ्नो इच्छा व्यक्त गरेको बताइएको छ।
दक्षिण कोरियाको विदेश मन्त्रालयले भने उनीहरू कहिले र कुन बाटो हुँदै दक्षिण कोरिया पुगे भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन। व्यक्तिगत सुरक्षा तथा परिवारको सुरक्षालाई ध्यानमा राख्दै स्थानान्तरणसम्बन्धी संवेदनशील विवरण सार्वजनिक गर्न नसकिने मन्त्रालयले जनाएको छ।
दक्षिण कोरियाले भने युद्धबन्दीको स्वेच्छा, अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तलाई सम्मान गर्दै यस विषयलाई सम्बोधन गर्नुपर्ने आफ्नो धारणा राख्दै आएको छ।
यसअघि जुलाईमा दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको भेटमा पनि उत्तर कोरियाली युद्धबन्दीको विषयमा छलफल भएको थियो। दुवै पक्षले युद्धबन्दीको इच्छालाई सम्मान गर्दै अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्तअनुसार विषय समाधान गर्ने विषयमा सहमति गरेको बताइएको थियो।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट