अर्थतन्त्रको समस्या बजेटले चिनेन : विष्णु पौडेल
२९ जेठ २०८०, सोमवार
राम्रो पोष्ट



काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन् ।
सोमवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताएका हुन् । उनले बजेटले अर्थतन्त्रको समस्या नचिनेको पनि टिप्पणी गरे ।
त्यस्तै देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरु पनि बजेटमा नभएको बताउँदै पौडेलले बजेट हावादारी भएको बताए । उनले बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सरकारलाई समेत चिन्ता नभएको पनि बताए ।