श्रमजीवी पत्रकारहरू हित र महासंघको प्रमुख लक्ष्यलाई शिखरमा पुर्‍याउने गरि काम गर्नेछु

१ पुष २०८१, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
१ पुष २०८१, सोमवार

 

चरिकोट । २०५३ सालमा दोलखामा पत्रकारको संख्या नपुग्दा स्वर्गीय देवदास श्रेष्ठको अध्यक्षतामा दोलखा र रामेछापको संयुक्त पत्रकार महासंघ शाखा स्थापन भएको थियो ।

त्यहीँ पत्रकार महासंघको दोलाखा शाखा हुँदै केन्द्रीय सचिवमा पुगेका छन् दोलखाकै जुझारु युवा पत्रकार रमेश खतिवडा ।

महासंघको नयाँ नेतृत्वका लागि शुक्रवार भएको निर्वाचनमा खतिवडा खुला सचिवमा एक हजार ३ सय ३३ मतान्तरका साथ विजयी भएका हुन्। 

खतिवडाले ३ हजार चार सय  मतका साथा खुला सचिवमा विजयी हासिल गररिरहँदा उनका निकटतम प्रतिस्पर्धी उत्तमसिं विष्टले २ हजार ६७ मत प्राप्त गरेका छन् । 

जीतपछि पत्रकार खतिवडाले आफू विगतदेखि नै श्रमजीवी पत्रकारहरुको पक्षमा उभिँदै आएको र त्यसमा निरन्तर लागिरहँने बताए।

आफ्नो जीतमा आम श्रमजीवी पत्रकारहरूको दर्भिलो साथ रहेको उल्लेख गर्दै उनले भने ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा ओकालत गर्ने महासंघको प्रमुख लक्ष्यलाई शिखरमा पुर्याउने गरि काम गर्नेछु।’

प्रेस युनियन निकट खतिवडा यसअघि महासंघको केन्द्रीय सदस्य हुन्।

अघिल्लो निर्वाचनमा देसभरका पत्रकारहरुको मतबाट सदस्यमा विजयी हासिल गरेका खतेवडाले यस पटक पनि देशभरकै पत्ररकारहरुको दर्भिलो साथ पाएर खुला तर्फको सचिव पदमा निर्वाचित भएका छन्।

उनले प्रेस चौतारी र प्रेस युनियनको प्यानलबाट उम्मेदवारी दिएका थिए।

दोलखा शाखा स्थापनाको करिब ३० वर्षको अवधिमा वरिष्ठ पत्रकार चिरञ्जिवि मास्के भूगोल बाट महासंघको केन्द्रिय सदस्य भएका थिए।

मास्केपछि पत्रकार खतिवडा दोलखाबाट महासंघको केन्द्रको सदस्यदेखि सचिवसम्म हुन सफल भएका छन्। 

दोलखाको कालिञ्चको गाउँपालिका स्थायी घर भएका पत्रकार खतिवडा दोलखाबाट दुई दसक भन्दा बढि समयदेखि निरन्तर पत्रकारितामा सक्रिय  छन्।

दोलखा जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरेका खतिवडाले जिल्लाका पत्रकार र पत्रकारको परिवारलाई आइपर्ने समस्यादेखि विपत्तिमा समेत सहयोग गर्न अगुवाइ गर्ने गरेका छन्।

नेपाल समाचार पत्रमा फोटोग्राफी, इमेज च्यानलको सम्बाददाता, हिमाल खबर पत्रिकामा खोज रिपोर्टिङ गरिसकेका पत्रकार खतिवाडा नागरिक दैनिक पत्रिकामा पत्रिकाको स्थापनादेखि हालसम्म कार्यरत छन्।

फिचर लेखनमा अब्बल खतिवडाको वाक क्षमता विशेष छ। उनि सामाजिक सेवामा समेत सक्रिय छन्। विकास निर्माणमा भएका ढिलासुस्ती, बेथिति र राज्यको अनुपस्थिती रहेका क्षेत्रमा पत्रकार  खतिवडाको  दर्भिलो उपस्थिति हुने गर्छ।