२२ फागुन २०८२, शनिवार

भर्खरै

निर्माणाधीन खिम्ती जलविद्युत आयोजनाका प्राविधिक कार्की खोलामा खसेर बेपत्ता

राम्रो पोष्ट २९ असार २०८०, शुक्रवार
निर्माणाधीन खिम्ती जलविद्युत आयोजनाका प्राविधिक कार्की खोलामा खसेर बेपत्ता

दोलखा । निर्माणाधीन खिम्ती-२ जलविद्युत् आयोजनाका एक प्राविधिक कर्मचारी खोलामा खस्दा बेपत्ता भएका छन्।
दोलखा र रामेछापको सीमास्थित निर्माणधीन खिम्ती जलविद्युत आयोजनाको हेडवर्क्समा काम गर्ने क्रममा सब इन्जिनियर खोलामा खसेर बेपत्ता भएको हो।
बेपत्ता हुनेमा जिरी नगरपालिका वडा नम्बर - ४ का २२ वर्षीय कुशल कार्की रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
४८ दशमलव ८० मेगावाट क्षमताको निर्माणाधीन आयोजनाको हेडवर्क्समा काम गर्ने क्रममा सब-ओभरसियर कार्की शुक्रबार दिउँसो बोक्सेको भीरबाट चिप्लिएर नदीमा खसेका थिए।
स्थानीय र प्रहरीले उनको गरिरहेको छ। तर निरन्तर वर्षाका कारण खिम्ती खोलाको बहाव बढ्दा खोजीकार्यमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ।




लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट