August 23, 2026

भर्खरै

फाँसीको मागदेखि न्यायको भरोसासम्मः हत्या भएकी ३ वर्षीया गरिमाका आमाबुबासँग गृहमन्त्रीको निर्णायक वार्ता

राम्रो पोष्ट ७ भदौ २०८३, आइतवार
फाँसीको मागदेखि न्यायको भरोसासम्मः हत्या भएकी ३ वर्षीया गरिमाका आमाबुबासँग गृहमन्त्रीको निर्णायक वार्ता

काठमाडौँ, भदौ ६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र हत्यापछि न्यायको माग गर्दै उनका परिवारका सदस्य सरकारसँग प्रत्यक्ष वार्तामा बसेका छन्।
छोरीको न्यायका लागि काठमाडौँ आएका गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीसँग गृह मन्त्रालयमा उच्चस्तरीय छलफल भएको हो।
वार्तामा गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी तथा सांसद रहवर अन्सरी सहभागी रहेको गृहमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ।
केही दिनअघि बलात्कारपछि हत्या गरिएकी नाबालिका गरिमाको घटनाले देशभर आक्रोश फैलिएको छ। दोषीलाई कडा कारबाही गर्नुपर्ने र गरिमाले न्याय पाउनुपर्ने माग चर्किरहेका बेला पीडित परिवार स्वयं सरकारसँग वार्ताका लागि मन्त्रालय पुगेको हो।
अब सबैको नजर सरकारमाथि छ—गरिमाको परिवारले मागेको न्याय कहिले र कसरी दिलाइन्छ? जघन्य अपराधका दोषीमाथि कस्तो कारबाही हुन्छ? मन्त्रालयमा भएको यो वार्तापछि त्यसको जवाफ आउने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट