नेपाल–चीन सम्बन्धमा नयाँ ट्विस्ट—प्रधानमन्त्री शाहलाई विशेष बधाई
राम्रो पोष्ट
१४ चैत २०८२, शनिवार
काठमाडौं। नेपालमा नयाँ सरकार गठन भएसँगै अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला चीनले प्रधानमन्त्री बालेन्द्र शाहलाई दिएको विशेष बधाई सन्देशले नेपाल–चीन सम्बन्धमा नयाँ ‘ट्विस्ट’ आएको संकेत गरेको छ।
चीन सरकारले औपचारिक सन्देशमार्फत प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने स्पष्ट प्रतिबद्धता जनाएको छ। यो सन्देशलाई केवल कूटनीतिक औपचारिकता नभई, आगामी दिनमा द्विपक्षीय सहकार्य थप विस्तार हुने संकेतका रूपमा विश्लेषण गरिएको छ।
सन्देशमा चीनले नेपालसँगको ऐतिहासिक मित्रता र पारम्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै, विकास, पूर्वाधार र आर्थिक साझेदारीका क्षेत्रमा व्यावहारिक सहकार्य बढाउन इच्छुक रहेको उल्लेख गरेको छ।
त्यसैगरी, नयाँ सरकारसँग मिलेर आपसी विश्वास अभिवृद्धि गर्ने, विकास साझेदारीलाई मजबुत बनाउने तथा क्षेत्रीय स्थायित्वमा योगदान पुर्याउने प्रतिबद्धता पनि चीनले व्यक्त गरेको छ।
विश्लेषकहरुका अनुसार, प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको नयाँ सरकारसँग चीनको यस्तो सक्रियता देखिनु, नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने रणनीतिक संकेत हुनसक्छ।
पछिल्ला घटनाक्रमले के देखाउँछ भने, नेपालको नयाँ राजनीतिक समीकरणसँगै छिमेकी शक्तिहरू पनि सक्रिय बन्दै गएका छन्, जसले भविष्यमा कूटनीतिक सन्तुलनमा नयाँ बहस जन्माउन सक्छ।

राम्रो पोष्ट