June 27, 2026

भर्खरै

प्रधानमन्त्रीको टिकट सुनिश्चित गरेर बालेन्द्र शाह रास्वपामा प्रवेश, रवि लामिछानेसँग ७ बुँदे सम्झौता, आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाइने

रवि लामिछानेसँग ७ बुँदे सम्झौता, आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाइने

राम्रो पोष्ट १३ पुष २०८२, आइतवार
प्रधानमन्त्रीको टिकट सुनिश्चित गरेर बालेन्द्र शाह रास्वपामा प्रवेश, रवि लामिछानेसँग ७ बुँदे सम्झौता, आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाइने

काठमाडौं, १३ पुस — आगामी प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बनाइने स्पष्ट सहमतिसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच आइतबार बिहान ७ बुँदे राजनीतिक सम्झौता भएपछि बालेनको दल प्रवेश औपचारिक भएको हो। सम्झौताअनुसार पार्टीको केन्द्रीय नेतृत्व रवि लामिछानेकै हातमा रहनेछ भने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनेछन्। यही प्रधानमन्त्रीको टिकट सुनिश्चित गर्ने शर्तमा बालेन शाहले स्वतन्त्र राजनीतिक पहिचान त्याग्दै रास्वपामा प्रवेश गरेको राजनीतिक वृत्तमा चर्चा छ। दुवै नेताले सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन्। सहमतिमा भ्रष्टाचार, कुशासन र पुरानो राजनीतिक संस्कारविरुद्ध साझा संघर्ष गर्ने, सामाजिक न्याय र समुन्नतिको एजेन्डामा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको नेतृत्व सम्हालेका बालेन शाहको रास्वपा प्रवेश र प्रधानमन्त्रीको उम्मेदवारी सुनिश्चित हुने सहमतिले वैकल्पिक राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। यस घटनाले आगामी निर्वाचनको शक्ति सन्तुलनमा निर्णायक प्रभाव पार्ने अनुमान गरिएको छ।

रवि–बालेनबीच भएको ७ बुँदे सम्झौताका मुख्य बुँदा

१. भ्रष्टाचार र कुशासनविरुद्ध युवाले उठाएको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता।

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य पूरा गर्न गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रमा इमान्दार कार्यान्वयन।

३. बृहत् एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, झण्डा साविककै, चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने।

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने।

५. पार्टी संगठन विस्तार गर्दा युवा अभियन्ता र अनुभवी विज्ञलाई समायोजन गर्दै योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर जिम्मेवारी बाँडफाँड गर्ने।

६. यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने।

७. लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिलाई आह्वान गर्ने।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट