May 26, 2026

भर्खरै

जेन जी पुस्ताको आन्दोलनले बढाएको अन्यौलता र सकस दैनिकी

राम्रो पोष्ट ४ असोज २०८२, शनिवार
जेन जी पुस्ताको आन्दोलनले बढाएको अन्यौलता र सकस दैनिकी

शरदचन्द्र सापकोटा
काठमाण्डौँ । भदौ २३ र २४ गते जेन जी पुस्ताका नाममा भएको आन्दोलनपश्चात सर्वसाधारणको दैनिकी र सरकारको सेवाप्रवाहमा प्रत्यक्ष असर परेको छ । आन्दोलन र यसक्रममा भएका स्वार्थसमूहका घुसपैठ, तिनीहरुले गरेका आगजनी र तोडफोडका घटनाले जनताको जीवनशैलीलाई थप कष्टकर बनाइरहेका छन् । प्रशासनको मुख्य केन्द्र सिंहदरवारदेखि, न्यायालय (सर्वोच्च अदालत) हुँदै, प्रदेश र ४ वटा महानगरपालिका, कैयन नगरपालिका र वडा कार्यालयसम्ममा आगजनी तोडफोड हुँदा जनताले पाउनुपर्ने प्रत्यक्ष सेवाबाट विमुख हुनुपरेको छ ।
यातायात कार्यालयको सर्भर आगजनीले ध्वस्त हुँदा कार्यालयबाट दिइने सेवा अनिश्चित समयका लागि बन्द छ । प्रहरी चौकीमाथिको आगजनी, सुरक्षाकर्मीमाथिको आक्रमण, हतियारहरु लुटपाट र हजारौँ कैदीबन्दी फरार भएको अवस्थामा सुरक्षा संवेदनशीलता निकै बढेको छ । नेपाल प्रहरीले सुरक्षा र अनुसन्धानका प्रयोग गर्ने डाटाबेसहरु सबै खरानी भएकाले अन्यौलता सिर्जना भएको छ ।
यस्तै अवस्थाको फाइदा उठाउँदै केही सरकारी कार्यालयमा मनलागी गतिविधि पनि गरिँदै आएको छ । यातायात व्यवस्था कार्यालय कोसीप्रदेशले भित्राभित्रै सेङ्गिग मिलाएर ६ सयभन्दा बढी सवारीसाधनको दर्ता गराएको छ । देशकै अप्ठ्यारो परिस्थितिमा धमिलो पानीमा माछा मार्नेहरु सक्रिय भएजस्तै देखिन्छ । केही कर्मचारीले जेन जी कर्मचारीमा नाममा धाकधम्की देखाएर आफू काम नगर्ने र अरुलाई हतोत्साही गराउन लागि परेका छन् । पुरानो ट्रेड युनियन खारेज गरेर गरेर नयाँ बनाउनुपर्ने भन्दै माथिल्लो तहका कर्मचारीलाई धाकधम्की दिन थालेपछि अर्थमन्त्री रामेश्वर खनालले विज्ञप्ति नै जारी गरी कर्मचारी मनोबल गिर्न नदिनेगरी काम गर्न गराउन निर्देशन दिएका छन् ।
यो सँगै ठूला ब्यवसाय र बजारमा आगजनी गरिँदा दशैँका बेला किनमेल गर्न र चाडपर्वका आवश्यका आवश्यक सामग्री जोहो गर्न समस्या भइरहेको गुनासो यत्रतत्र सुन्न सकिन्छ । केही कार्यालयहरुले बाहिर चउरबाटै सेवादिन सुरु गरेको भनिएपनि त्यसको व्यवहारिक कार्यान्वयनको पाटो निकै कष्टकर छ ।
जेन जी आन्दोलन विशुद्ध देशभक्ति भावनाले सुरु भएको हो त भन्ने बिषयमा पनि शंका गर्ने थुप्रै आधारहरु भेटिएका छन् । आन्दोलन र त्यसपछिका भिडियोमा देखिएका फ्रि तिब्बत लेखिएका टि सर्ट र जर्सीहरु साथै शंकास्पद वेवसाइट र एपहरुले पनि अहिले यो आन्दोलन कसको इशारामा चलेको भन्ने एकिन गर्न नसक्ने अवस्थामा पुगेको छ । यस्ता वेवसाइट, फेसबुक, इन्टाग्राम र टिकटिकहरुमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
एकाथरी अपराध कर्ममा मुछिएकाहरु अहिले खुशी मनाइरहेको अवस्था छ । विभिन्न काण्डहरुमा मुछिएका स्वार्थसमूहले सरकारी कार्यालय र दस्तावेजहरुमा छानीछानी आगनी गरेपछि अब कानुनबाट बच्न सकिन्छ कि भनेर आश गरेर बसीरहेका छन् । सुन तस्करी काण्ड, सहकारी ठगी काण्ड, मानव वेचविखन काण्ड, विभिन्न कालखण्डका ब्यक्तिहत्याजस्ता विभिन्न बेलाका अपराधका फाइलहरु जलाएपछि अपराधबाट उन्मुक्ति पाउने आशामा अपराधीहरु लुकेर बसीरहेका छन् ।
विभिन्न कार्यालय तथा सार्वजनिक स्थानमा तोडफोड र आगजनीका घटनामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका कार्यकर्ता तथा उनीहरुको भातृ संगठन वाईसीएलका युवाहरु संलग्न भएका भिडियोहरु प्रसस्त देखिएका छन् । संयोग भनौ या पूर्वतयारी यस घटनाको केही समय अघि माओवादी अध्यक्ष प्रचण्डले सत्तासीन दलहरु देशबाटै भाग्नुपर्ने स्थिति आउने अभिव्यक्ति दिएका दिएका थिए । त्यस्तै नेकपा माओवादी विप्लव समूहका महासचिव नेत्रविप्लव चन्द “विप्लव”ले पनि दुइसाता अघि नेपालगञ्जमा बोल्दै सरकार हालकै अवस्थामा अघि बढिरहे देशमा छिटै दुर्घटना आउने चेतावती दिएका थिए ।
 त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामा परेका रिसले पनि रास्वपाका कार्यकर्ताहरु तोडफोड, आगजनी तथा जेल ब्रेक भएका दृश्यहरु सार्वजनिक भएका छन् । सबै पक्ष र समूहले आफ्नो फाइदाका लागि राज्यमा तोडफोड, आगजनी र विभिन्न हिंसात्मक घटनाहरु भएका तथ्य कसैले लुकाउन सक्दैन । यी सबै घटनाहरु सप्रमाण भइरहँदा पनि नयाँ निर्माण भएको सरकारले पक्राउ तथा कारवाही गर्न आँट गरेको छैन ।
आन्दोलनमा कैदीबन्दी फरार भएका र हिंसाले प्रश्रय पाएको निश्कर्ष निकाल्दै सर्वसाधारण नेपालीका रोजगार गन्तब्य मुलुकहरु साउदी, कतार लगायतले भिसा बन्द गरेका छन् । साथै अन्य विकसित मुलुकहरुले भिजिट भिसा बन्द गराएर देशमा भएको अशान्तिको खबर विश्वभरी फैलाइरहेका छन् । जेन जीका नाममा भएको आन्दोलनमा अन्य विभिन्न समूहरु हावी भएपछि आज जेनजीले उठाएका मागहरु ओझेलमा परेका छन् । मन्त्रीपरिषदमा पनि सबै पुराना अनुहारहरु आएपछि उनीहरु निराश छन् ।
देशमा जेसुकै ठूला आन्दोलन भएपनि वास्तविक श्रमिक र गरिब जनताका लागि परिवर्तनको महशुस हुँदैन । अहिले पनि त्यस्तै भएको छ । सरकार परिवर्तन भयो तर जनताको अवस्था उस्तै झनै कष्टकरमै चलिरहेको छ । आशा गरौँ आन्दोलनपछि बनेको यो नयाँ सरकारले केही नयाँ सोचोस र सुरुवात गरोस  ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट