२२ फागुन २०८२, शनिवार

भर्खरै

बागलुङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुग्यो

राम्रो पोष्ट ३१ जेठ २०८२, शनिवार
बागलुङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौं ।बागलुङको बतासे डाँडामा शुक्रबार भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। 

बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु.प्र.०१-००१-१७७५ नम्बरको जीप ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा ढोरपाटन नगरपालिका-२ का नरबहादुर कार्की, भीम कुमारी बुढा, टिका कुमारी कुँवर र मन कुमारी थापा रहेका छन्। 

कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा,थापाको मणिपाल अस्पताल पोखरामा र कुँवरलाई उपचारको लागि मणिपाल अस्पताल पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएपछि प्रहरीले जानएको छ । 

कुंँवरको शव बाटोबाट बुर्तिवाङ नै फर्काइएको थियो । मृत्यु हुने तीन जनाको शव अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा राखिएको छ । जीप दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । 

घाइते मध्य सात जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको, दुई जनालाई थप उपचारको लागि रिफर गरिएको र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । एक जना बुर्तिवाङमा उपचारपछि घर फर्किनुभएको छ । 

 

 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट