२२ फागुन २०८२, शनिवार

भर्खरै

राजावादी प्रदर्शनमा लुटपाट गर्ने ७० वर्षीया महिला सहित आधा दर्जन पक्राउ

राम्रो पोष्ट १७ चैत २०८१, आइतवार
राजावादी प्रदर्शनमा लुटपाट गर्ने ७० वर्षीया महिला सहित आधा दर्जन पक्राउ

काठमाडौं। राजावादीहरुको प्रदर्शनको क्रममा लुटपाट गरेको भन्दै आध दर्जन महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार काटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको आरोपमा उनिहरुलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बानेश्वरका अनुसार नुवाकोट विदुर गाउँपालिका– ६ घर भई हाल कोटेश्वर बस्ने ४३ वर्षीया सुशीला कुमाल, धरान घर भई हाल कोटेश्वर बस्ने ४१ वर्षीया एलिसा राई र कोटेश्वर बस्ने ७० वर्षीया बालकुमारी कार्कीलाई पक्राउ गरिएको छ।

त्यसैगरि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ८ घर भई कोटेश्वर बस्ने ३७ वर्षीया निर्मला कार्की, सिन्धुलीको लामुनटार गाउँपालिका– ७ बस्ने १५ वर्षीया चित्रमाया बस्नेत र सिन्धुलीकै तीनपाटन गाउँपालिका– १६ वर्षीया सुस्मिता बराललगायतलाई पक्राउ गरिएको छ।

उनिहरुलाई शनिवार कोटेश्वर नरेफाँटबाट नियन्त्रणमा दिएको प्रहरीले जनाएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट