२२ फागुन २०८२, शनिवार

भर्खरै

२०८४ सम्म प्रधानमन्त्री बन्दिन : प्रचण्ड

राम्रो पोष्ट ८ चैत २०८१, शुक्रवार
२०८४ सम्म प्रधानमन्त्री बन्दिन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै प्रधानमन्त्री नहुँने बताएका छन्।

उनले आफू २०८४ सम्म प्रधानमन्त्री हुने दौडमा नरहेको र जनताकै साथमा रहने बताएका हुन् । शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ‘प्रचण्ड’ले सो कुरा बताएका हुँन्।

प्रचण्डले  वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन्।

"मेरो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको हो।" उनले भने ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ।"

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट