२२ फागुन २०८२, शनिवार

भर्खरै

हिजबुल्लाहको ड्रोन आक्रमणमा परि ४ इजरायली सैनिकको मृत्यु ५० धन्दा बढि घाइते

राम्रो पोष्ट २८ असोज २०८१, सोमवार
हिजबुल्लाहको ड्रोन आक्रमणमा परि ४ इजरायली सैनिकको मृत्यु ५० धन्दा बढि घाइते

तेल अभिभ: हिजबुल्लाहको ड्रोन आक्रमणमा परि  ४ इजरायली सैनिकको मृत्यु भएको छ। उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको  आक्रमणमा ४ सैनिकको मृत्यु र अन्य ६० जनाभन्दा बढी घाइते भएको हो। आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएको इजरायलको रक्षा बल (आईडीएफ)लाई उद्धृत गर्दै बीबीसीले खबर प्रकाशित गरेको छ। बीबीसीका अनुसार तेल अभिभ र हाइफाको बीचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो । इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा बिहीबार गरेको आक्रमण प्रतिउत्तरमा सैन्य आधार शिविरमा आक्रमण गरिएको हिजबुल्लाहको संचार कार्यालयले जनाएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट