May 26, 2026

भर्खरै

बाढी,पहिरो लगायतका विपद्मा परी करिब दुई सयले ज्यान गुमाए

राम्रो पोष्ट ४ भदौ २०८१, मङ्गलवार
बाढी,पहिरो लगायतका विपद्मा परी करिब दुई सयले ज्यान गुमाए

काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी करिब दुई सय जनाको मृत्यु भएको छ। अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि सोमबार दिउँसोसम्म १ सय ९० जनाले ज्यान गुमाएको हो।विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी  काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ३८ जना घाइते भएको प्रहरी जनाएको छ। मंगलबार नेपाल प्रहरीले मंगलबार जारी गरेको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिमु प्रदेशमा पाँच गरी एक  सय १४ जनाको उद्दार गरिएको छ ।बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएका छन् ।बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् भने तीन सय २७ वटा घर, एक सय १२ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।यो अवधिमा विपद्का घटनाबाट चार हजार आठ सय १९ घर परिवार विस्थापित भएका छन् । त्यसैगरी विपद्मा परी आठ सय ५२ वटा पशु चौपायको मृत्यु भएको छ । 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट