२२ फागुन २०८२, शनिवार

भर्खरै

उत्कृष्ट नगर लोगो बनाएका श्रेष्ठ नगद २५ हजार सहित सम्मानित

राम्रो पोष्ट १० असार २०८१, सोमवार
उत्कृष्ट नगर लोगो बनाएका श्रेष्ठ नगद २५ हजार सहित सम्मानित

चरिकोट । दोलखाको जिरी नगरपालिकाको उत्कृष्ट नगर लोगो बनाएका चर्चित ग्राफिक डिजाइनर भीमसेन श्रेष्ठ सम्मानित भएका छन्।
नगरपालिकाले आफ्नो १४ औँ नगर अधिवेशनको अवसरमा सोमबार उत्कृष्ट नगर लोगो बनाएका श्रेष्ठलाई नगद सहित सम्मान गरेको हो ।
जिरी नगरपालिकाले लोगो तथा ‘नगर गान’ समेत उद्घाटन् गरेका सो कार्यक्रममा श्रेष्ठलाई जिरी नगरपालिकाका मेयर मित्र बहादुर जिरेलले नगद २५ हजार रुपियाँ सहित प्रमाणपत्रले सम्मान गरेका छन्।
त्यसैगरि उत्कृष्ट नगर गानका रचनाकार राजन दहाल समेत नगद २५ हजार सहित प्रमाणपत्रले सम्मानित भएका छन्।
जिरी नगरपालिकाले केही समय अघि एक दर्जन बढिले डिजाइन गरि प्रतिस्पर्धामा राखेका लोगोहरु मध्ये श्रेष्ठले बनाएको नगर लोगो छनोट गरेका थिए।
लोगोमा क्लिन जिरी,अर्गानिक जिरीलाई बढि प्राथमिकतामा राखेको छ भने, जिरीको किवी,चिया र आलु जस्ता मुख्य उत्पादन समावेश गरिएको छ।
त्यसैगरी जिरी नगरपालिकाको नक्सामा ऐतिहासिक जिरी बजार,भगवान बुद्ध र शिवजीको तस्बिर समेत समावेश गरेर जिरीको धार्मिक तथा संस्कृतिको संरक्षण गर्न खोजिएको छ।
नगरपालिकाबाट सम्मानित हुँदा खुशी लागेको र काम गर्न अझै हौसला मिलेको ग्राफिक डिजाइनर श्रेष्ठले बताए।
वैत्यश्वर गाउँपालिका वडा नम्बर –८ क्षेत्रपाका श्रेष्ठ विगत १३ वर्षदेखि ग्राफिक डिजाइन, फोटोग्राफी, भिडियोग्राफी तथा भिडियो इडिटरको रुपमा सक्रिय छन्।
उनले साइनबोर्ड, पोस्टर, विज्ञापन, छाप तथा लोगोहरु तयार पार्छन् भने फोटोग्राफी र धेरै गीतका भीडियो तथा डकुमेन्ट्रीहरु समेत निर्माण गरेका छन् । उनले हालै छायांकन तथा सम्पादन गरेको ‘राई माईला’ पत्रको भिडियोले समेत चर्चा बटुलिरहेको छ।
यो विधामा जिल्लामै उत्कृष्ट मानिने श्रेष्ठ दोलखा सदरमुकाम चरिकोटमा विगत लामो समयदेखि क्रिएटिभ स्टुडियो स्थापना गरि व्यवसायिक रुपमा अघि बढिरहेका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट