२२ फागुन २०८२, शनिवार

भर्खरै

होलीमा २ जनाको ज्यान जानेगरी भएको ग्याङ फाइट प्रकरणमा ४ जना पक्राउ

राम्रो पोष्ट १३ चैत २०८०, मङ्गलवार
होलीमा २ जनाको ज्यान जानेगरी भएको ग्याङ फाइट प्रकरणमा ४ जना पक्राउ

काठमाडौं । होलीको दिन ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनामा संलग्न चार जना पक्राउ परेका छन्।
घट्नामा संलग्न चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा होटल सञ्चालकहरु समेत रहेका छन् भने एक जना अझै फरार छन्।
ललितपुर महानगरपालिका वडा नम्बर २६ ढोलाहिटीमा आइतबार राति ग्‍याङ फाइट हुँदा पाँचथर घर भई खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खोटाङ साकेला गाउँपालिका वडा नम्बर २ सेखुवा घर भई हाल ललितपुर महानगर २६ जैनखेल बस्ने होटल सञ्चालक ३१ वर्षीय विजय राई, खोटाङ साकेला गाउँपालिका -२ रतन्छा घर भई हाल ललितपुर १५ खुमलटार बस्ने होटलकै अर्का सञ्चालक ३० वर्षीय सुलभ राईलाई पक्राउ गरेको छ।
त्यसैगरी भोजपुर ट्याम्केमयुङ गाउँपालिका २ अन्नपूर्ण घर भई ललितपुर २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाड मुकारूङ राई, काठमाडौं गोकर्णेश्वर नगरपालिका ११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ६ सानागाउँ बस्ने वर्ष २५ को हाड राई पक्राउ परेका हुन्।
प्रहरीका अनुसार घट्नामा संलग्न पाजु गुरुङ भन्ने व्यक्ति फरार रहेको र खोजी भइरहेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट