२२ फागुन २०८२, शनिवार

भर्खरै

अवैध रुपमा सामान ल्याएको भन्दै सशस्त्र प्रहरीद्वारा खुकुरी प्रहार : ७ घाइते, एकको अवस्था गम्भीर

राम्रो पोष्ट १९ फागुन २०८०, शनिवार
अवैध रुपमा सामान ल्याएको भन्दै सशस्त्र प्रहरीद्वारा खुकुरी प्रहार : ७ घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । नेपाल–भारत सीमा पिलर ९०–२–९०–३ नजिकै भारतबाट अवैध रुपमा सामान ल्याउदै गरेका स्थानीयलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको छ।
झापाको पुर्वी नाका मेचीनगरमा सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल–भारत सामान ओेसारपसार गर्ने स्थानीयबीच झडप शुक्रबार बेलुका झडप भएको हो।
दोहोर झडपमा ७ जना घाइते भएको प्रहरीले जनाएको छ।झडपमा सशस्त्र प्रहरीका सवारी चालक समेत घाइते भएको र उनको अवस्था गम्भिर रहेको बताइएको छ।
प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि त्यसको प्रतिकारमा उत्रिएका सशस्त्र प्रहरीले धारिलो हतियार प्रहार गरेको खुलेको छ ।
उपचारका लागि अस्पतालमा भर्ना भएका अधिकांश घाइतेहरुको शरिरमा धारिलो हतियारको चोट लागेको उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् ।
धारिलो हतियार प्रहारबाट दीपक बतार, दीपा बातर, हरि बातर, विषेश राजवंशी, आनह यादव, मिलन चापागाईं घाइते भएका छन् । उनिहरुको बिएण्डसि अस्पतालमा उपचार भइरहेको छ।
प्रस्तावित सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका प्रहरी टोलीसंग स्थानीयको झडप भएको बताउदै जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट