२२ फागुन २०८२, शनिवार

भर्खरै

मकैबारीबाट ७१ किलो गाँजा बरामद

राम्रो पोष्ट १६ फागुन २०८०, बुधवार
मकैबारीबाट ७१ किलो गाँजा बरामद

काठमाडौं। सुनसरीको कप्तानगन्जबाट सशस्त्र प्रहरीले ७१ किलो गाँजा बरामद गरेको छ ।
मंगलबार राति ९ बजेको समयमा देवानगन्ज गाँउपालिका–४ यादवटोलस्थित दशगजा नजिकै मकैबारीबाट सो परिमाणको गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीको नम्बर ४ गण मातहतको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगन्जले लुकिछिपि दुईजनाले दुईवटा बोरा टाउकोमा बोकेर भारततर्फ लैजादै गरेको अवस्थामा गाँजा बरामद गरेको हो ।
सशस्त्रको टोली देख्ने बित्तिकै दुबै जना बोरा छोडेर भारततर्फ भागेका छन् ।
बरामद गाँजा थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगन्ज बुझाएको सशस्त्र प्रहरी बलले जानकारी दिए।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट