September 29, 2026

भर्खरै

बाँसबारी छाला उद्योगको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरी हिरासतमुक्त

राम्रो पोष्ट २४ माघ २०८०, बुधवार
बाँसबारी छाला उद्योगको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरी हिरासतमुक्त

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा गैरकानुनी तरिकाले आफ्नो नाममा नामसारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनैजना बुधबार छुटेका छन् ।
प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीसहित पक्राउ परेका कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई बुधबार छोडेको हो । उनीहरु १८ माघमा पक्राउ परेका थिए ।
सीआईबीले पुनः म्याद थपका लागि सोमबार अदालत पेस गरेको थियो । तर, अदालतले दुईदिन थुनामा राखेर अनुसन्धान गरेर अनुसन्धान नसकिए हाजिरी जमानीमा छोड्न आदेश दिएसँगै उनीहरुलाई सीआईबीले अहिले छोडेको हो । 

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट