नापी कार्यालय मलंगवाका गाडी उखु लोड गरेको गाडीसंग ठोक्किदा १० जना घाइते
राम्रो पोष्ट
२३ माघ २०८०, मङ्गलवार
सर्लाही - नापी अधिकृतसहित अन्य कर्मचारी चढेको गाडी सर्लाहीको नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत चमेलीमाई मन्दिरनजिक दुर्घटना भएको छ।
दुर्घटना हुँदा नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरसहित १० जना घाइते भएका छन् ।
नापी कार्यालय मलंगवाका कर्मचारी सवार गाडी कविलासी नगरपालिका-१० सलेमपुरस्थित चमेली माई मन्दिरनजिक उखु लोड गरिएको गाडीसँग ठोक्किँएको प्रहरीले जानकारी दिए।
दुर्घटनामा परि वैधनाथ राउत,अजयकुमार यादव,बैजु यादव, रामलाल साह,सञ्जीवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन्।
दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । घाइते सबैलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ।

राम्रो पोष्ट