May 13, 2026

भर्खरै

रामेछापमा जल्दै गरेको शव नदीले बगायो

राम्रो पोष्ट १४ माघ २०८०, आइतवार
रामेछापमा जल्दै गरेको शव नदीले बगायो

काठमाडौं । गुम्देल, बाल्दिङ रामेछापका झपडबहादुर थापाको शव जलाइरहेको अवस्थामा लिखु नदीले बगाएको छ।
शनिबार अपराह्न ६ बजेको समयमा एक्कासि नदिको बाहब बढेर लास जलिसक्न २ घण्टा अगावै नदीले बगाएको हो।
रामेछापको उमाकुण्ड गाउँपालिका स्थित लिखु २ जलविद्युत् आयोजनाले अकस्मात बाँध खोल्दा लिखु नदीमा पानीको बाहब बढेको थियो।
बाध खोलेसंगै नदिमा पानी बढेकाले आफूहरूको सामान समेत बगेको मलामी गएकाहरु बताउँछन्।
स्थानीय मार्बु दोभान घाटमा थापाको शव जलिरहँदा करिब २ सय मिटरमाथि पर्ने लिखु २ आयोजनाको बाँध खोलिएको थियो ।
जलविद्युत् आयोजनाहरुले बाँध खोल्नु पर्दा सार्वजनिक सूचना जारी गरेरमात्र खोल्नु पर्ने प्रावधान छ । तर आयोजनाले तेसो नगरी गल्ती गरेको स्थानीयहरु बताउँछन् ।
नदीमा पानीको बहाव बढेर लास बगाएपछि मलामी गएकाहरुले बाँध खोल्ने आयोजनाका कर्मचारी सञ्जीव खनाललाई समातेका थिए। खनालले भने मेसिनमा समस्या आएकाले बाँध खोल्नु परेको बताए।
५५ मेघावाट क्षमताको लिखु २ जलविद्युत् आयोजनाले केही महिना अघिदेखि व्यावसायिक उत्पादन थालेका थिए।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट