May 13, 2026

भर्खरै

रवि लामिछानेमाथि खोया प्रहार गर्ने एकजना पक्राउ

राम्रो पोष्ट ७ पुष २०८०, शनिवार
रवि लामिछानेमाथि खोया प्रहार गर्ने एकजना पक्राउ

काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार गर्ने एकजना पक्राउ परेका छन्।
शनिबार अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि खोया प्रहार गरेको आरोपमा लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई पक्राउ गरिएको हो।
लामिछाने बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । 
ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताएको छ ।
"उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ," कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले भने,"कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन् । उनी हाम्रो नियन्त्रणमा छन् ।"

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट