२२ फागुन २०८२, शनिवार

भर्खरै

सावित्री सुवेदी र प्रस्तोता बिक्की अग्रवाल विरुद्ध साइबर ब्यूरो जाँदै क्रिकेटर लामिछाने

राम्रो पोष्ट १६ कार्तिक २०८०, बिहिवार
सावित्री सुवेदी र प्रस्तोता बिक्की अग्रवाल विरुद्ध साइबर ब्यूरो जाँदै क्रिकेटर लामिछाने

काठमाडौं । सार्वजनिक टेलिभिजन कार्यक्रममार्फत आफ्नो बध गराउने भन्ने विरुद्ध क्रिकेटर सन्दीप लामिछाने कानूनी उपचार खोज्न साइबर ब्यूरो जाने भएका छन् ।
बिक्कि अग्रवाल प्रस्तोता र सावित्री सुवेदी गेस्ट रहेको उक्त टेलिभिजन कार्यक्रममा आफ्नो बध गराउनेदेखि मान गिराउने गतिविधि भएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट खेलाडी लामिछाने कानूनी उपचार खोज्न साइबर ब्यूरो जाने भएका हुन् ।
गत शनिबार नेपाल नेटवर्क टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण भएको ‘आम्मा कसम याँ दुख्छ’ कार्यक्रममा अतिथिका रूपमा आएकी सावित्री सुवेदी उर्फ ‘जयनारी’ले  लामिछानेलाई बध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।
कार्यक्रम प्रस्तोता बिक्की अग्रवालले लामिछानेको फोटो देखाएपछि सावित्रीले उनीमाथि गम्भीर टिप्पणी गर्दै वध गर्नुपर्नेसम्मको अभिव्यक्ति दिएकी थिइन् ।
बलात्कार आरोपको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित पार्ने, व्यक्तिको मानमर्यादा गिराउने र वध गर्नुपर्ने भन्ने जस्तो गम्भीर अभिव्यक्ति टेलिभिजन कार्यक्रममा सामान्य तरिकाले टिप्पणी गरिएकाले कानूनी उपचार खोज्‍ने तयारी भइरहेको लामिछानेका कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।
"कार्यक्रममा आएको उक्त अभिव्यक्ति एउटा विषयमात्र नभएर धेरै कानूनविपरीत छ।" उनले भने "वाक स्वतन्त्रता विरुद्ध गएर सार्वजानिक रुपमा कसैको हत्या गर्नुपर्ने अभिव्यक्ति छ ।"
विचाराधीन मुद्दाबारे सार्वजानिक रूपमा बोल्न अदालतले रोकेको बताउँदै उनले भने "कार्यक्रम निर्माता, प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्ने विरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेकाे।"
राष्ट्रका लागि खेलिरहेको खेलाडी र परिवारको मानसिक पीडाका कुराहरू देखि मुद्दा नै प्रभावित बनाउने अभिव्यक्ति आएकोले कानुनी उपचनरमा जाने तयारी गरेको अधिवक्ता घिमिरेले बताए।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट