जापानमा टाइफुन दुजुआनको कहर, ७ जनाको मृत्यु, ५ बेपत्ता
राम्रो पोष्ट
७ असोज २०८३, बुधवार
टोकियो — जापानमा आएको टाइफुन दुजुआनका कारण भारी वर्षासँगै बाढी र पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने ५ जना अझै बेपत्ता छन्। जापानी अधिकारीहरूले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार टोकियोसहित आसपासका क्षेत्रमा भारी वर्षाले ठूलो क्षति पुर्याएको हो। व्बउबल त्यमबथ
टाइफुन जापानको प्रशान्त महासागर नजिकबाट अघि बढ्दा चिबा प्रिफेक्चरमा बाढी र पहिरोको अवस्था गम्भीर बनेको थियो। भारी वर्षाका कारण मंगलबार बिहान चिबामा करिब ५८ हजार घरधुरीको विद्युत् आपूर्ति अस्थायी रूपमा अवरुद्ध भएको थियो। व्बउबल त्यमबथ
चिबामा पहिरोका कारण ५ जनाको मृत्यु भएको छ। मृतकमध्ये सोडेगाउरामा सडक पुनःस्थापनाको काममा संलग्न ५१ वर्षीय पुरुष पनि रहेको बताइएको छ। अन्य मृतकहरू ७० र ८० वर्ष उमेर समूहका रहेको जापान टुडेले जनाएको छ। व्बउबल त्यमबथ
चिबाकै साकुरा क्षेत्रमा ताकासाकी नदीमा पानीको सतह बढेर आसपासका बस्तीमा बाढी पसेको थियो। बाढीका कारण करिब ३०० घरधुरीको आवतजावत प्रभावित भएको थियो। उद्धारकर्मीहरूले रबरको डुंगा प्रयोग गरेर बाढीमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा निकालेका थिए। व्बउबल त्यमबथ
यस्तै, टोकियो नजिकैको कानागावा प्रिफेक्चरका योकोसुका र मिउरा क्षेत्रमा पनि पहिरो गएको थियो। त्यहाँ २ जनाको मृत्यु भएको पुष्टि भएको छ। व्बउबल त्यमबथ
टाइफुन दुजुआनका कारण जापानको पूर्वी क्षेत्रमा असाधारण रूपमा भारी वर्षा भएको थियो। यसअघि अधिकारीहरूले पहिरो, नदीमा पानीको सतह बढ्ने तथा बाढीको जोखिमलाई लिएर सतर्कता अपनाउन आग्रह गरेका थिए। त्जभ व्बउबल त्ष्mभक
जापानको मौसमसम्बन्धी अधिकारीका अनुसार दुजुआन मंगलबार जापानको पूर्वतर्फ गएपछि टाइफुनको श्रेणीबाट कमजोर भएको छ। तर भारी वर्षाका कारण जमिन कमजोर बनेकाले प्रभावित क्षेत्रमा पहिरो तथा बाढीको जोखिमप्रति अझै सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ।

राम्रो पोष्ट