September 23, 2026

भर्खरै

नारिता–काठमाडौं उडान पुनः सञ्चालनमा, नेपाल एयरलाइन्सले जारी गर्‍यो नयाँ सूचना

राम्रो पोष्ट ६ असोज २०८३, मङ्गलवार
नारिता–काठमाडौं उडान पुनः सञ्चालनमा, नेपाल एयरलाइन्सले जारी गर्‍यो नयाँ सूचना

टोकियो — नेपाल वायुसेवा निगमले जापानको नारिता विमानस्थल (ल्च्त्) बाट काठमाडौं (प्त्ः) जाने उडान पुनः सञ्चालनमा आएको जनाएको छ।
नेपाल एयरलाइन्सले २२ सेप्टेम्बर २०२६ मा जारी गरेको ल्यतष्अभ ल्य. ५७ अनुसार, च्ब् ४३४ (नारिता–काठमाडौं) उडान २३ सेप्टेम्बर २०२६ बिहान १०ः३० बजे निर्धारित समयअनुसार सञ्चालन हुने भएको छ।
निगमले उक्त उडानका टिकट लिएका यात्रुहरूलाई आफ्नो उडानको स्थिति जाँच गरी निर्धारित उडान समयभन्दा पर्याप्त अगाडि विमानस्थल पुग्न अनुरोध गरेको छ।
यसअघि रद्द भएका उडानका कारण अलपत्र परेका यात्रुहरूलाई भने आवश्यक उडान व्यवस्था मिलाउन नेपाल एयरलाइन्सको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
निगमका अनुसार, नेपाल एयरलाइन्सका सबै उडानहरू अब निर्धारित तालिकाअनुसार पुनः सञ्चालनमा आएका छन्।
नारिता सम्बन्धी तत्कालीन जानकारीका लागि नेपाल एयरलाइन्सले +८१ ९०० ९८२ ६८२०६, +८१ ८० ९३०३ ७१३८ र +८१ ७० ६५२६ २७६४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट