September 21, 2026

भर्खरै

जापानमा बाँदरको आतंक! एक दर्जन बाँदरले पुरुषलाई घेरेर टोकेपछि अस्पताल

राम्रो पोष्ट ५ असोज २०८३, सोमवार
जापानमा बाँदरको आतंक! एक दर्जन बाँदरले पुरुषलाई घेरेर टोकेपछि अस्पताल

युगावारा, कानागावा — सेप्टेम्बर २१, २०२६, जापानको कानागावा प्रिफेक्चरस्थित प्रसिद्ध तातोपानी क्षेत्र युगावारामा करिब एक दर्जन बाँदरले एक पुरुषलाई घेरेर आक्रमण गरेका छन्।
गत बिहीबार बिहान करिब ६ः५० बजे ४० वर्ष आसपासका ती पुरुष स्थानीय होटलको प्रवेशद्वार नजिकबाट हिँडिरहेका बेला बाँदरको समूहले उनलाई घेरेको थियो। बाँदरले उनको हातमा पटक–पटक टोकेपछि उनी घाइते भएका थिए। घटनापछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
स्थानीय अधिकारीहरूका अनुसार यी बाँदरहरू ‘ट्रुप त्१’ नामक समूहका हुन्। पछिल्लो समय युगावारामा बाँदरहरू जंगलबाट बाहिर निस्किएर मानिस बस्ने क्षेत्रमा समेत देखिन थालेका छन्।
सन् २०२५ मा मात्रै युगावारामा बाँदरले मानिसलाई डराउने, पछ्याउने वा आक्रामक व्यवहार गर्ने ९०० भन्दा बढी घटना रिपोर्ट भएका थिए। बाँदरहरूले बगैँचा तथा खेतबारीमा क्षति पुर्‍याउनुका साथै घरमा समेत प्रवेश गर्ने गरेका छन्।
स्थानीय प्रशासनले बाँदरलाई नियन्त्रणमा लिन प्रक्रिया अघि बढाइरहेको जनाएको छ। साथै, मानिसहरूलाई बाँदरलाई खाना नदिन, जिस्क्याउन वा नजिक नजान र बस्ती क्षेत्रमा बाँदरको समूह देखिएमा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट