September 11, 2026

भर्खरै

जन्म दिने आमामाथि नै निर्मम व्यवहार, छोराले अनुहारमा उम्लिएको पानी खन्याएपछि आमाको मृत्यु

राम्रो पोष्ट २६ भदौ २०८३, शुक्रवार
जन्म दिने आमामाथि नै निर्मम व्यवहार, छोराले अनुहारमा उम्लिएको पानी खन्याएपछि आमाको मृत्यु

तोट्टोरी, जापान । जापानको तोट्टोरी प्रिफेक्चरस्थित योनागोमा २२ वर्षीय युवकले आफ्नै आमाको अनुहारमा उम्लिएको पानी खन्याएको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार कम्पनीमा कार्यरत चिहिरो काकेमोतोले सेप्टेम्बर ६ तारिख साँझ करिब ६ः१५ देखि ६ः४५ बजेको बीचमा घरमै आफ्नी ५१ वर्षीया आमा युको काकेमोतोको अनुहारमा उम्लिएको पानी खन्याएको आरोप छ।
उम्लिएको पानीका कारण आमाको दाहिने गालामा गम्भीर जलन भएको थियो। उनलाई अस्पताल लगेर उपचार गरिए पनि बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि मंगलबार राति करिब ८ः३० बजे छोराले आपत्कालीन नम्बर ११९ मा फोन गर्दै आफ्नी आमा पीडाले कराइरहेको बताएका थिए।
प्रहरीका अनुसार काकेमोतोले आमाको अनुहारमा उम्लिएको पानी खन्याएको स्वीकार गरेका छन्। तर आमाको मृत्युको वास्तविक कारण भने अझै स्पष्ट भइसकेको छैन।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट