September 6, 2026

भर्खरै

जापानको रिङमा नेपाली शान, अविरल घिमिरेले जिते विश्व च्याम्पियनको उपाधि

राम्रो पोष्ट २१ भदौ २०८३, आइतवार
जापानको रिङमा नेपाली शान, अविरल घिमिरेले जिते विश्व च्याम्पियनको उपाधि

टोकियो । नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले जापानमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व च्याम्पियनको उपाधि जितेका छन्।
जापानको नागोया सहरस्थित करिया हलमा शनिबार सम्पन्न ‘हिट किक बक्सिङ–५९’ अन्तर्गत विश्व च्याम्पियनसिपको मेन इभेन्टमा घिमिरेले फ्रान्सका माथन चोइनार्डलाई नकआउट गर्दै उपाधि हात पारेका हुन्। चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन्।
घिमिरेले खेलको दोस्रो राउन्डको दोस्रो मिनेटमा शक्तिशाली मुक्का प्रहार गर्दै चोइनार्डलाई नकआउट गरेका थिए।
घिमिरेले हालसम्म २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्। उनले २१ खेलमा जित हासिल गरेका छन् भने तीमध्ये २० जित नकआउटमार्फत आएका छन्।
विश्व च्याम्पियन बनेपछि घिमिरेले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितप्रति दुःख व्यक्त गर्दै पीडितको सहयोगमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन्। साथै उनले आफ्नो खेल यात्रामा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट