September 6, 2026

भर्खरै

छात्राको गोप्य भिडियो खिच्न खोज्दा पक्राउ, उम्किन शिक्षककै अनुहारमा पदार्थ छर्किए

राम्रो पोष्ट २१ भदौ २०८३, आइतवार
छात्राको गोप्य भिडियो खिच्न खोज्दा पक्राउ, उम्किन शिक्षककै अनुहारमा पदार्थ छर्किए

टोकियो । टोकियोको हिगाशियामातो सहरस्थित एक उच्च माध्यमिक विद्यालयमा सांस्कृतिक महोत्सव भइरहेका बेला छात्राको गोप्य भिडियो खिच्न खोजेको आरोपमा पक्राउ परेका एक युवकले भाग्ने क्रममा दुई जना शिक्षकको अनुहारमा पदार्थ छर्किएको घटना सार्वजनिक भएको छ।
जापानी सञ्चारमाध्यमका अनुसार घटनामा २८ वर्षीय तेप्पेई सोएता पक्राउ परेका छन्। शनिबार विद्यालयमा सांस्कृतिक महोत्सव चलिरहेका बेला उनले एक छात्रालाई लुकिछिपी भिडियो खिच्ने प्रयास गरेको बताइएको छ।
सोएतालाई शिक्षकहरूले नियन्त्रणमा लिएपछि उनी उम्किन खोजेका थिए। त्यस क्रममा उनले दुई जना पुरुष शिक्षकको अनुहारमा पदार्थ छर्किएको प्रहरीले जनाएको छ।
पदार्थ छर्किएपछि दुवै शिक्षकलाई सामान्य चोटपटक लागेको बताइएको छ। घटनाबारे शनिबार बिहान करिब ११ः३० बजे एक शिक्षकले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार सोएताका सामान जाँच गर्ने क्रममा प्लास्टिकको बोतलभित्र लुकाइएको सानो क्यामेरा समेत फेला परेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट