September 6, 2026

भर्खरै

रुवाइ रोक्न खोज्दा ज्यानै गयो! २ महिनाको छोराको मृत्युमा १८ वर्षीय बुबा पक्राउ

राम्रो पोष्ट २१ भदौ २०८३, आइतवार
रुवाइ रोक्न खोज्दा ज्यानै गयो! २ महिनाको छोराको मृत्युमा १८ वर्षीय बुबा पक्राउ

हिरोसिमा, जापान । हिरोसिमा प्रिफेक्चरको फुकुयामा सहरमा आफ्नै २ महिनाको छोराको मृत्यु भएको घटनामा प्रहरीले १८ वर्षीय बुबालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ५ः३० बजेदेखि ९ बजेसम्म ती युवाले रोइरहेको शिशुको टाउकोमा प्लास्टिकको झोला राखेको र त्यसपछि शिशुलाई घोप्टो पारेर सुताएको आरोप छ।
प्रहरीले उद्धृत गरेको बयानअनुसार ती युवाले “मार्ने उद्देश्य थिएन। बच्चा रोएर आवाज गरिरहेको थियो, त्यसो गर्दा चुप लाग्ला भन्ने सोचेको थिएँ” भनेका छन्।
शिशुकी आमाले शुक्रबार दिउँसो करिब १ः३० बजे आपत्कालीन नम्बर ११९ मा फोन गरी बच्चा मृतजस्तो देखिएको जानकारी गराएकी थिइन्। उद्धार टोलीले शिशुलाई अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार शिशुको मृत्यु श्वासप्रश्वास बन्द भएका कारण भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट