September 6, 2026

भर्खरै

नुवाकोट समाज जापानले बाढी–पहिरो पीडितका लागि ९ लाख येन राहत रकम पठायो

राम्रो पोष्ट २० भदौ २०८३, शनिवार
नुवाकोट समाज जापानले बाढी–पहिरो पीडितका लागि ९ लाख येन राहत रकम पठायो

टोकियो । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढी–पहिरोबाट प्रभावित तथा पीडित परिवारका लागि नुवाकोट समाज जापानले ९ लाख जापानी येन (करिब ८ लाख ५७ हजार ३४० रुपैयाँ) राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको जनाएको छ।
नेपालमा ठूलो जनधनको क्षति भएपछि नुवाकोट समाज जापानले जापानमा रहेका नेपाली समुदायबीच छोटो अवधिको आर्थिक सहयोग अभियान सञ्चालन गरेको थियो। अभियानमा संस्थाको मौज्दात कोषसहित विभिन्न व्यक्ति तथा सहयोगी दाताहरूबाट रकम संकलन गरिएको हो।
समाजका अनुसार अभियानमार्फत संकलित जापानी येन ९,००,००० (नौ लाख) बराबरको नेपाली रुपैयाँ ८,५७,३४० (आठ लाख सन्ताउन्न हजार तीन सय चालीस) प्रधानमन्त्री राहत कोषमा पठाइएको हो।
नुवाकोट समाज जापानले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सल्लाहकार, कार्यसमिति, सदस्य, दाता तथा जापानभर रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरू र जापानी नागरिकप्रति हार्दिक आभार व्यक्त गरेको छ।
समाजले बाढी–पहिरोमा घाइते भएकाहरूको शीघ्र उपचार, बेपत्ताको खोजी तथा प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने कार्यमा आफ्नो सहयोगले केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
साथै, बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। आगामी दिनमा पनि मानवीय सेवाका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता नुवाकोट समाज जापानले जनाएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट