September 6, 2026

भर्खरै

भोटेकोशी बाढीपीडितको सम्झनामा एनआरएनए जापानको दीप प्रज्वलन तथा सामूहिक श्रद्धाञ्जली

राम्रो पोष्ट २० भदौ २०८३, शनिवार
भोटेकोशी बाढीपीडितको सम्झनामा एनआरएनए जापानको दीप प्रज्वलन तथा सामूहिक श्रद्धाञ्जली

टोकियो । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउने तथा प्रभावित परिवारप्रति श्रद्धाञ्जली, समवेदना र ऐक्यबद्धता प्रकट गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले शनिबार दीप प्रज्वलन तथा सामूहिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेको नेतृत्वमा आयोजित कार्यक्रममा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
सेप्टेम्बर ५ तारिख शनिबार दिउँसो ४ बजे सोलमारी मुरा हलमा आयोजित कार्यक्रममा जापानमा रहेका नेपाली समुदायका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दिवंगतहरूको सम्झनामा दीप प्रज्वलन गर्दै भोटेकोशी बाढीपीडित परिवारप्रति सामूहिक ऐक्यबद्धता जनाएका थिए।
प्रवासमा रहे पनि मातृभूमिमा परेको विपत्तिको पीडामा नेपाली समुदाय एकसाथ रहेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको एनआरएनए जापानले जनाएको छ। कार्यक्रममा एउटा दीप दिवंगत आत्माहरूको सम्झनामा, एउटा प्रार्थना शोकमा डुबेका परिवारका लागि र सामूहिक भावना मातृभूमि नेपालका साथमा भन्ने भावनासहित श्रद्धाञ्जली अर्पण गरिएको थियो।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट