August 24, 2026

भर्खरै

प्रवासमा नेपाली पत्रकारिताको पहिचान बनाएका शान्त पहरी सम्मानित

राम्रो पोष्ट ८ भदौ २०८३, सोमवार
प्रवासमा नेपाली पत्रकारिताको पहिचान बनाएका शान्त पहरी सम्मानित

टोकियो ।जापानमा रहेर नेपाली पत्रकारितामार्फत प्रवासी नेपाली समुदायका आवाज, समस्या र सरोकारका विषयलाई निरन्तर उठाउँदै आएका पत्रकार शान्त पहरी सम्मानित भएका छन्।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले टोकियोमा आयोजना गरेको ३२औँ विश्व आदिवासी दिवस विशेष समारोहमा पहरीलाई सम्मानपत्र प्रदान गरेको हो।
प्रवासको व्यस्त जीवनका बीच लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय रही समुदायलाई सत्य, तथ्यपरक तथा महत्वपूर्ण सूचना सम्प्रेषण गरेको योगदानको कदर गर्दै पहरीलाई सम्मान गरिएको महासंघले जनाएको छ।
आदिवासी जनजातिका सवाल, सामाजिक न्याय, अधिकार तथा प्रवासी नेपाली समुदायका विभिन्न विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्दै आएको भन्दै महासंघले उनको पत्रकारिता यात्राको प्रशंसा गरेको छ।
पहरी मातृसन्देश डटकमका प्रधानसम्पादक, जनजाति पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष हुन्। जापानमा लामो समयदेखि पत्रकारितामा सक्रिय उनले प्रवासी नेपाली समुदायका गतिविधि, समस्या र अधिकारका विषयलाई निरन्तर सञ्चारमाध्यममा उठाउँदै आएका छन्।
महासंघले पहरीको पत्रकारिता यात्रा आगामी दिनमा अझ सशक्त, निष्पक्ष र निर्भीक बन्दै जाने विश्वास व्यक्त गरेको छ। प्रवासमा नेपाली समुदायका आवाजलाई निरन्तर सार्वजनिक बहसमा ल्याउने पत्रकारलाई गरिएको सम्मानले नेपाली पत्रकारिताप्रतिको जिम्मेवारी र उत्साह थप बढाउने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट