गुल्मेली समाज जापानको छैटौँ महाधिवेशनबाट कृष्णप्रसाद पोखरेल अध्यक्षमा सर्वसम्मत
राम्रो पोष्ट
८ भदौ २०८३, सोमवार
टोकियो, जापान — गुल्मेली समाज जापानको छैटौँ महाधिवेशनबाट कृष्णप्रसाद पोखरेल (बाबु) अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। महाधिवेशनले समाजको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष पोखरेलसहित महासचिव दिलीप थापा, उपमहासचिव दीपेन्द्र केसी, सचिवहरू निर्मलसिंह जिसी, उज्वल पहराई र गोपाल काफ्लेलगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण बस्नेत, निर्मल शर्मा, कामना भण्डारी र मदन भण्डारी तथा महिला उपाध्यक्षमा प्रिन्सेस खरेल चयन हुनुभएको छ।
त्यस्तै, महासचिवमा दिलीप थापा, उपमहासचिवमा दीपेन्द्र केसी, सचिवमा निर्मलसिंह जिसी, उज्वल पहराई र गोपाल काफ्ले, कोषाध्यक्षमा यम घर्ती तथा सहकोषाध्यक्षमा लालबाबु कार्की र सुभाष परियार चयन हुनुभएको छ। युवा संयोजकमा निरज कार्की चयन हुनुभएको छ।
समाजको सदस्यमा लेखबहादुर थापा, शंकर बस्नेत, सुरज केसी कुँवर, सुजन केसी, देव सापकोटा, रामप्रसाद खरेल, यादव कडेल, शोभाखर न्यौपाने, जीवलाल न्यौपाने, जीवन पाण्डेय, अर्जुन ज्ञवाली, रोशन गौतम, यमु पछाई, विशाल क्षेत्री, विरु गुरुङ, सरोज काउछा, सरोज खरेल र सुरज गिरी चयन हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिले जापानमा रहेका गुल्मेली तथा नेपाली समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सद्भावलाई थप मजबुत बनाउँदै समाजका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद पोखरेल, महासचिव दिलीप थापा लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको मङ्गलमय शुभकामना व्यक्त गरिएको छ।

राम्रो पोष्ट