August 22, 2026

भर्खरै

जापानमा निर्माणाधीन ट्यांकरमा भीषण आगलागी, एकको मृत्यु, ९ जना घाइते

राम्रो पोष्ट ६ भदौ २०८३, शनिवार
जापानमा निर्माणाधीन ट्यांकरमा भीषण आगलागी, एकको मृत्यु, ९ जना घाइते

शिजुओका, जापान — जापानको शिजुओका प्रिफेक्चरस्थित शिमिजु बन्दरगाहमा निर्माणाधीन ट्यांकर जहाजमा भीषण आगलागी हुँदा एक जना कामदारको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
घटना शुक्रबार बिहान करिब ८ः५० बजे, कानासाशी हेभी इन्डस्ट्रिजको जहाज निर्माणस्थलमा भएको हो। आगलागी भएको चार तले ट्यांकरमा त्यतिबेला करिब ४० जना कामदार काम गरिरहेका थिए।
जापानी सञ्चारमाध्यमका अनुसार आगो जहाजको अगाडिको भागस्थित सबैभन्दा तल्लो तलाबाट सुरु भएको आशंका गरिएको छ। घटनाका बेला सो क्षेत्रमा बर्नर प्रयोग गरी काट्ने तथा वेल्डिङको काम भइरहेको थियो।
प्रारम्भिक अनुसन्धानमा एसिटिलिन ग्यासको होसबाट ग्यास चुहिएर आगो सल्किएको हुन सक्ने आशंका गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार मृतक करिब ४० वर्षका चिनियाँ नागरिक कामदार हुन्।
अन्य ९ जना कामदार धुवाँका कारण अस्वस्थ भएपछि अस्पताल लगिएको छ। उनीहरूमध्ये कसैको अवस्था गम्भीर नरहेको अधिकारीहरूले बताएका छन्।
आगो नियन्त्रणमा लिन करिब तीन घण्टा लागेको थियो। प्रहरीले घटनाको वास्तविक कारण र कम्पनीको सुरक्षा व्यवस्थाबारे अनुसन्धान गरिरहेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट