August 20, 2026

भर्खरै

अब बजारमा मान्छेको काम मेसिनले गर्ने! टोकियोमा सुरु भयो नयाँ प्रविधिको प्रयोग

राम्रो पोष्ट ४ भदौ २०८३, बिहिवार
अब बजारमा मान्छेको काम मेसिनले गर्ने! टोकियोमा सुरु भयो नयाँ प्रविधिको प्रयोग

टोकियो, जापान — टोकियोको योदोबाशी बजारमा मानिसको श्रममा निर्भर कामलाई बिस्तारै मेसिन र स्वचालित प्रविधिमार्फत सञ्चालन गर्ने प्रयास सुरु भएको छ।
टोकियोकी गभर्नर युरिको कोइकेले गत जुलाई ७ मा योदोबाशी बजारको भ्रमण गर्दै त्यहाँ भइरहेको लजिस्टिक्स म्ह् अर्थात् ढुवानी तथा बजार व्यवस्थापनको डिजिटल रूपान्तरण सम्बन्धी प्रविधिको निरीक्षण गरेकी थिइन्। उक्त गतिविधिसम्बन्धी रिपोर्ट भने अहिले सार्वजनिक गरिएको हो।
निरीक्षणका क्रममा कोइकेले बजारहरू परम्परागत रूपमा धेरै हदसम्म मानव श्रममा आधारित रहेको उल्लेख गर्दै अब भविष्यका लागि बजारलाई कसरी मानवरहित र स्वचालित प्रणालीतर्फ लैजाने भन्ने चुनौती रहेको बताइन्।
उनले सामान ढुवानी, व्यवस्थापन तथा अन्य काममा स्वचालित प्रविधिको प्रयोग बढाउनुका साथै आवश्यक ऊर्जा कसरी सुनिश्चित गर्ने भन्ने विषय पनि धेरै बजारको साझा चुनौती भएको बताइन्।
कोइकेका अनुसार यस्ता चुनौती समाधान गर्न नयाँ प्रविधिको विकास र प्रयोग आवश्यक छ। योदोबाशी बजारमा भइरहेको प्रयोगलाई उनले भविष्यमा बजार सञ्चालनका लागि एउटा राम्रो नमुनाका रूपमा विकास हुने अपेक्षा व्यक्त गरेकी छन्।
जापानमा बढ्दो जनशक्ति अभावबीच बजार, ढुवानी र वितरण क्षेत्रमा मेसिन र स्वचालित प्रविधिको प्रयोग बढाउने प्रयास तीव्र बन्दै गएको छ। योदोबाशी बजारको यो पहल सफल भएमा भविष्यमा अन्य बजारमा पनि यस्तै प्रणाली विस्तार हुन सक्ने देखिएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट