August 5, 2026

भर्खरै

एनआरएनए कान्तो टोकियोद्वारा सेप्टेम्बर ६ मा विशेष BBQ तथा सांगीतिक कार्यक्रम आयोजना हुने

राम्रो पोष्ट १९ साउन २०८३, मङ्गलवार
एनआरएनए कान्तो टोकियोद्वारा सेप्टेम्बर ६ मा विशेष BBQ तथा सांगीतिक कार्यक्रम आयोजना हुने

टोकियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान अन्तर्गतको क्षेत्रीय समन्वय परिषद कान्तो टोकियोले आगामी सेप्टेम्बर ६, २०२६ (आइतबार) विशेष BBQ तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम टोकियोस्थित Kasai Rinkai Park मा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
एनआरएनए कान्तो टोकियोको सातौँ बैठकले कान्तोका सदस्य सरोज भुसालको संयोजकत्वमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।
कान्तो टोकियोका संयोजक दिपक सुबेदी ‘बिप्लव’का अनुसार कार्यक्रमको मुख्य उद्देश्य कान्तो क्षेत्रमा रहेका नेपाली समुदाय तथा विभिन्न संघ–संस्थाबीच आपसी सद्भाव, सहकार्य, भाइचारा र एकताको भावनालाई थप मजबुत बनाउनु हो। उहाँले यस्ता सामुदायिक कार्यक्रमले जापानमा रहेका नेपालीहरूबीच सम्बन्ध विस्तार गर्न र समुदायलाई अझ नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम संयोजक सरोज भुसालले BBQ कार्यक्रमलाई केवल खानपिनमा सीमित नभई नेपाली समुदायबीच आत्मीयता, खुसी र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउने साझा उत्सवका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँका अनुसार जापानमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुनेछन्।
एनआरएनए कान्तो टोकियोले विगतदेखि नै सामाजिक, मानवीय तथा समुदायमुखी गतिविधिहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै आयोजकले यसपटकको कार्यक्रममा स्वादिष्ट द्यद्यत्त भोजनसँगै जापानमा रहेका स्थानीय नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहने जनाएको छ।
कार्यक्रम Kasai Rinkai Park, 6-2 Rinkaicho, Edogawa-ku, Tokyo 134-0086, Japan मा आयोजना हुने जनाइएको छ।
एनआरएनए कान्तो टोकियोका सचिव सोहनकुमार खत्रीले कान्तो तथा टोकियो आसपास बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी तथा युवाहरूलाई कार्यक्रममा उत्साहजनक सहभागिता जनाई यसको गरिमा बढाइदिन हार्दिक अनुरोध गर्नुभएको छ।
आयोजकका अनुसार उक्त कार्यक्रमले नेपाली समुदायबीच आत्मीय सम्बन्ध विस्तार गर्नुका साथै आगामी दिनमा संयुक्त सामाजिक, सांस्कृतिक तथा मानवीय गतिविधिलाई अझ प्रभावकारी ढंगले अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट