August 1, 2026

भर्खरै

विश्वकै दोस्रो सबैभन्दा वृद्ध जनसंख्या भएको जापान, बढ्दो उमेर र घट्दो जन्मदरले चुनौती थपियो

राम्रो पोष्ट १५ साउन २०८३, शुक्रवार
विश्वकै दोस्रो सबैभन्दा वृद्ध जनसंख्या भएको जापान, बढ्दो उमेर र घट्दो जन्मदरले चुनौती थपियो

टोकियो। जापान विश्वकै दोस्रो सबैभन्दा वृद्ध जनसंख्या भएको देशका रूपमा कायम रहेको छ। विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार जापानको मध्य (मिडियन) उमेर ४९.९ वर्ष पुगेको छ। यो मोनाकोपछि विश्वकै दोस्रो उच्च हो।
पछिल्ला केही वर्षयता जापानमा जन्मदर निरन्तर घट्दै गएको छ भने वृद्ध नागरिकको संख्या तीव्र रूपमा बढिरहेको छ। यसका कारण देशको जनसांख्यिक संरचनामा ठूलो परिवर्तन देखिएको छ।
जापान सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार, जापानी नागरिकको जनसंख्या ४२ वर्षयता पहिलो पटक १२ करोडभन्दा तल झरेको छ। सन् २०२६ जनवरी १ सम्म जापानी नागरिकको संख्या ११ करोड ९७ लाख ४० हजार रहेको छ। यो अघिल्लो वर्षको तुलनामा ०.७६ प्रतिशतले कम हो।
यस्तै, सन् २०२५ मा जापानको कुल प्रजनन दर (त्यतब िँभचतष्ष्तिथ च्बतभ) १.१४ मा झरेको छ, जुन इतिहासकै सबैभन्दा न्यून स्तर हो। गत वर्ष देशभर करिब ६ लाख ७० हजार शिशु मात्र जन्मिएका थिए, जुन सन् १८९९ देखि यताकै सबैभन्दा कम संख्या हो।
जनसंख्या वृद्धिसँगै जापानले श्रमिक अभाव, सामाजिक सुरक्षा खर्चमा तीव्र वृद्धि, स्वास्थ्य सेवा प्रणालीमाथिको बढ्दो दबाब तथा करदाताको संख्या घट्ने चुनौती सामना गरिरहेको छ।

यद्यपि, श्रमशक्ति अभाव पूर्ति गर्न जापानमा विदेशी नागरिकको संख्या भने निरन्तर बढिरहेको छ। हाल जापानमा ४० लाखभन्दा बढी विदेशी बासिन्दा रहेका छन्, जुन अहिलेसम्मकै उच्च संख्या हो।
जनसंख्या विज्ञहरूका अनुसार जन्मदरमा सुधार नभए र वृद्ध समाजको गति यही रूपमा कायम रहे आगामी दशकहरूमा जापानको आर्थिक वृद्धि, उत्पादन क्षमता र सामाजिक संरचनामा अझ गम्भीर प्रभाव पर्न सक्ने देखिन्छ। त्यसैले जापान सरकारले विवाह प्रोत्साहन, बालबालिका जन्माउने परिवारलाई आर्थिक सहयोग, बाल हेरचाह सुविधा विस्तार तथा विदेशी जनशक्ति आकर्षित गर्ने नीतिलाई प्राथमिकतामा राख्दै आएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट