July 21, 2026

भर्खरै

काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ“— विपक्षीमाथि ज्ञानेन्द्र शाहीको तीखो प्रहार!

राम्रो पोष्ट ४ साउन २०८३, सोमवार
काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ“— विपक्षीमाथि ज्ञानेन्द्र शाहीको तीखो प्रहार!

टोकियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही यतिबेला जापान भ्रमणमा छन्। जापानस्थित नेपाली समुदायभित्र देखिएको बेथिति र विभिन्न विवादास्पद विषयमा खुलेर बोल्दै आएका शाहीले सत्ता पक्षका प्रधानमन्त्री र गृहमन्त्रीमाथि समेत कडा टिप्पणी गरेपछि उनी थप चर्चामा आएका छन्।
यसैबीच, सामाजिक सञ्जालमा फैलिएको ’आफूमाथि हमला भएको’ भन्ने चर्चालाई शाहीले खण्डन गरेका छन्। उनले आफू सुरक्षित रहेको स्पष्ट पार्दै फैलाइएका हल्लाप्रति विश्वास नगर्न आग्रह गरेका छन्। घटनाक्रमबीच उनले सामाजिक सञ्जालमा अर्को अर्थपूर्ण स्ट्याटस पनि लेखेका छन्, जसले थप चर्चा बटुलेको छ।
काग  कराउँदै गर्छ, पिना सुक्दै गर्छ। सत्य बोल्न कहाँ सजिलो छ र? यदि सत्य बोल्न सजिलो हुन्थ्यो भने, सबैले बोल्थे होला।“
उनको यो भनाइलाई समर्थकहरूले सत्य बोल्ने साहसको रूपमा व्याख्या गरेका छन् भने आलोचकहरूले यसलाई राजनीतिक सन्देशका रूपमा हेरेका छन्। जापान भ्रमणका क्रममा दिएका अभिव्यक्ति र पछिल्ला गतिविधिले नेपाली समुदाय तथा सामाजिक सञ्जालमा व्यापक बहस सिर्जना गरेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट