July 21, 2026

भर्खरै

जापानमा मध्यराति गोली चल्यो! एक व्यक्ति पक्राउ

राम्रो पोष्ट ४ साउन २०८३, सोमवार
जापानमा मध्यराति गोली चल्यो! एक व्यक्ति पक्राउ

टोकियो। जापानको कानागावा प्रिफेक्चरस्थित सागामिहारामा सोमबार मध्यराति प्रहरीले चेतावनीस्वरूप गोली चलाएर एक व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार राति करिब १२ः१० बजे एक व्यक्तिले कार कन्भिनियन्स स्टोरमा ठोक्काएका थिए। त्यसपछि उनी भान्सामा प्रयोग हुने चक्कु बोकेर पार्किङ क्षेत्रमा पुगेका थिए। घटनाबारे स्टोरका कर्मचारीले प्रहरीलाई आपतकालीन सूचना दिएपछि प्रहरी घटनास्थल पुगेको थियो।
प्रहरीले ती व्यक्तिलाई पटक–पटक चक्कु फाल्न र आत्मसमर्पण गर्न निर्देशन दिए पनि उनले नमानेपछि आकाशतर्फ एक राउन्ड चेतावनी गोली चलाएको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिई पक्राउ गरिएको हो।
घटनामा स्टोरभित्र रहेका १५ वर्षीय एक किशोर कारको ठक्करबाट सामान्य घाइते भएका छन्। प्रहरीको चेतावनी गोलीबाट भने कोही पनि घाइते भएका छैनन्।
पक्राउ पर्ने व्यक्ति सागामिहाराका ४५ वर्षीय क्योहेई शिबुया रहेको प्रहरीले जनाएको छ। उनले आफूविरुद्धको आरोप स्वीकार गर्नुका साथै आफ्नै घरमा आगो लगाएको समेत बयान दिएका थिए। त्यसपछि प्रहरीले नजिकै रहेको उनको अपार्टमेन्टमा आगलागी भएको पुष्टि गरेको थियो भने स्थानीय दमकल टोलीले आगो नियन्त्रणमा लिएको थियो।
प्रहरीले घटनाको वास्तविक कारण र उद्देश्यबारे अनुसन्धान जारी राखेको छ। साथै, प्रारम्भिक मूल्याङ्कनअनुसार चेतावनीस्वरूप गोली चलाउने निर्णय उचित रहेको प्रहरीको भनाइ छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट