जापानमा नेपाल तामाङ समाजको १०३औँ महाधिवेशन मे २४ मा हुँदै
राम्रो पोष्ट
७ जेठ २०८३, बिहिवार
टोकियो । जापानमा रहेका तामाङ समुदायको साझा संस्था नेपाल तामाङ समाज जापान को १०३औँ केन्द्रीय महाधिवेशन आगामी मे २४ तारिख आइतबार हुने भएको छ ।
टोकियोको शिनओकुबोस्थित रोयल गार्डेन लाउञ्ज एण्ड बार मा आयोजना हुने महाधिवेशनको तयारी तीव्र पारिएको अध्यक्ष कर्साङ तामाङले जानकारी दिए ।
सन् २००९ जनवरी ३१ मा स्थापना भएको नेपाल तामाङ समाज जापानले जापानमा तामाङ भाषा, धर्म, संस्कृति, भेषभूषा तथा पहिचान संरक्षणका लागि विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
महाधिवेशनअघि ओकिनावा, ओसाका, क्युसो, फुकोओका, नागोया, सिजुओका, सेन्दाइ तथा किताकान्तो क्षेत्रीय समितिहरूले आफ्नो अधिवेशन सम्पन्न गरिसकेका छन् ।
दिउँसो १२ बजेदेखि सुरु हुने महाधिवेशनमा जापानभर रहेका तामाङ समुदायका सदस्य, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

राम्रो पोष्ट