१६ फागुन २०८२, आइतवार

भर्खरै

टोकियोमा ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम आयोजना हुँदै

राम्रो पोष्ट १६ फागुन २०८२, शनिवार
टोकियोमा ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम आयोजना हुँदै

टोकियो, जापान — ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टोकियोमा विशेष कार्यक्रम आयोजना हुने भएको छ।
महिला सम्मान, सशक्तीकरण तथा नेपाली समाजमा महिलाको भूमिकालाई उजागर गर्ने उद्देश्यले २०२६ मार्च ७ (शनिबार) कार्यक्रम आयोजना गर्न लागिएको हो।
नेपाली राजदूतावास टोकियो, गैरआवासीय नेपाली संघ (NRNA) जापान र साहित्य चौतारी नेपाल जापान शाखाको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन हुने एनआरएनए जापानकी महिला सचिव ललिता तामाङले जानकारी दिइन्।
उनका अनुसार कार्यक्रममा नारी सम्मान, सशक्तीकरण, समान अधिकार तथा समाजमा महिलाको भूमिकाबारे विचार–विमर्श, सांस्कृतिक प्रस्तुति तथा विशेष वक्तव्यहरू समावेश गरिनेछन्। साथै, विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्।
चेतनामूलक कार्यक्रमअन्तर्गत स्तन क्यान्सर सम्बन्धी जानकारी, लक्षण, जोखिम तथा स्वास्थ्य बीमा सम्बन्धी परामर्श, पाठेघरसम्बन्धी क्यान्सर, गर्भनिरोध तथा महिला स्वास्थ्य सम्बन्धी जानकारीमूलक सत्र तथा अन्य सामाजिक र सचेतनामूलक कार्यक्रमहरू समावेश गरिनेछन्।
कार्यक्रम २०२६ मार्च ७ शनिबार दिउँसो १२ः०० बजेदेखि सुरु हुनेछ। कार्यक्रम टोकियोको मेगुरो सिटीस्थित २ Chome––४–३६, :Meguro City, Tokyo जापानमा आयोजना हुनेछ।
आयोजकले सहभागीहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी र प्रेरणादायी बनाउने विश्वास व्यक्त गरेका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट