२५ माघ २०८२, आइतवार

भर्खरै

आज चौतारो रेष्टुरेन्ट कामातामा गायिका सम्झना भण्डारीको लाइभ सांगीतिक प्रस्तुति हुँदै

राम्रो पोष्ट २४ माघ २०८२, शनिवार
आज चौतारो रेष्टुरेन्ट कामातामा गायिका सम्झना भण्डारीको लाइभ सांगीतिक प्रस्तुति हुँदै

टोकियो (जापान) — जापानस्थित नेपाली समुदायलाई लक्षित गर्दै आज चोतारो रेष्टुरेन्ट कामातामा विशेष लाइभ सांगीतिक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा चर्चित नेपाली गायिका सम्झना भण्डारीले आफ्ना लोकप्रिय तथा भावनात्मक गीतहरूमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछिन्।
फेब्रुअरी ७, २०२६  शनिबार साँझ ७ बजेदेखि सुरु हुने उक्त कार्यक्रम “Hotel Chautaro Presents” शीर्षकमा आयोजना गरिएको हो।
प्रत्यक्ष संगीत, नेपाली गीत–संगीतको स्वाद र सांस्कृतिक जमघटका लागि कार्यक्रम विशेष हुने आयोजकले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै चोतारो रेष्टुरेन्ट कामाताका सञ्चालक केशव अधिकारीले जापानमा रहेका नेपाली समुदायलाई लक्षित गरी यस्ता सांगीतिक कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको बताए।
उनले गायिका सम्झना भण्डारीको प्रस्तुति दर्शकका लागि स्मरणीय हुने विश्वास व्यक्त गर्दै सबैलाई उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेका छन्।

टोकियोको ओता–कु, कामाता क्षेत्रमा अवस्थित चोतारो रेष्टुरेन्टमा आयोजना हुने उक्त कार्यक्रमप्रति नेपाली समुदायमा उल्लेख्य उत्साह देखिएको छ। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि ०७०–५५६७–१०५७ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट