जापानमा रगत दिएर जीवन जोड्दै नेपाली समुदाय, स्याङ्जा समाजको पहल
राम्रो पोष्ट
२४ माघ २०८२, शनिवार
जापान — जापानमा क्रियाशील नेपाली सामुदायिक संस्था स्याङ्जा समाज जापानले जापानी रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। मानवीय सेवाको उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम आइतबार, फेब्रुअरी २२, २०२६ मा टोकियोको इकेबुकुरो स्टेशन (East Exit) नजिक सञ्चालन हुनेछ।
कार्यक्रम बिहान ११ः३० बजे देखि दिउँसो ३ः३० बजे सम्म चल्ने जानकारी स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्कीले दिएका छन्।
कार्यक्रममा सहभागी हुन चाहनेले पोस्टरमा उल्लेख गरिएको क्यूआर कोड स्क्यान गरी अग्रिम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
स्याङ्जा समाज जापानले विगतदेखि नै जापानमा रहेका नेपाली समुदायका लागि सामाजिक, मानवीय तथा आपतकालीन सेवामा निरन्तर योगदान दिँदै आएको छ। प्राकृतिक विपद्, स्वास्थ्य सहयोग, राहत संकलनदेखि लिएर रक्तदान जस्ता जीवनरक्षात्मक अभियानहरूमा समाजको सक्रिय भूमिका रहँदै आएको छ।
यसपटकको रक्तदान कार्यक्रम पनि त्यही सामाजिक उत्तरदायित्व र सेवाभावको निरन्तरता भएको समाजले जनाएको छ।
कार्यक्रम सफल बनाउन जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागिताका लागि आयोजकले हार्दिक अपिल गरेको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ०८०–७२०९–०७१११ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ।

राम्रो पोष्ट