जापानमा नेपालीहरू कानुन र होकेन नबुझ्दा संकटमा! स्याङ्जा समाज जापानले ल्यायो निर्णायक भर्चुअल कार्यक्रम
राम्रो पोष्ट
७ माघ २०८२, बुधवार
News Summary
यहाँ नेपाली टेक्स्टको २ अति नै छोटो-छोटो बुँदामा सारांश प्रस्तुत गरिएको छ:
- स्याङ्जा समाज जापानले जापानमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गरी कानुन, स्वास्थ्य बीमा (होकेन) र पेन्सन (नेन्किन) सम्बन्धी जानकारीमूलक भर्चुअल कार्यक्रम आयोजना गर्दैछ।
- २०२६ जनवरी १५ मा हुने यस कार्यक्रममा कानुन नबुझ्दा आइपर्ने जोखिम, होकेन र नेन्किनका फाइदाबारे अन्तर्राष्ट्रिय अधिवक्ता डा. बलराम श्रेष्ठ लगायतले जानकारी दिनेछन्।
टोकियो — जापानमा बसोबास गर्दै आएका नेपालीलाई लक्षित गरी कानुन, होकेन (स्वास्थ्य बीमा), नेन्किन (पेन्सन) तथा जेइिकन सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले एक महत्वपूर्ण जानकारीमूलक कार्यक्रम आयोजना हुने भएको छ।
स्याङ्जा समाज जापानको आयोजनामा हुन लागेको उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ। कार्यक्रममा जापानको कानुन नबुझ्दा आइपर्न सक्ने जोखिम, स्वास्थ्य बीमा (होकेन) किन अनिवार्य छ, नेन्किन नतिर्दा हुने समस्या, साथै होकेन र नेन्किनका फाइदा तथा जोखिमबारे विस्तृत छलफल गरिने आयोजकले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै स्याङ्जा समाज जापानका अध्यक्ष बेद कार्की ले जापानमा बसोबास गर्ने नेपालीहरूले कानुन, स्वास्थ्य बीमा र पेन्सन प्रणालीबारे पर्याप्त जानकारी नहुँदा गम्भीर समस्या र जोखिम सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताए। उनले यस्ता जानकारीमूलक कार्यक्रमहरूले नेपाली समुदायलाई सचेत र सुरक्षित बनाउने उल्लेख गर्दै सबैलाई कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्।
कार्यक्रमका वक्ताका रूपमा अन्तर्राष्ट्रिय अधिवक्ता तथा कानुनी विशेषज्ञ डा. बलराम श्रेष्ठ र होकेनसम्बन्धी जानकार मनोज दुंगाना सहभागी हुनेछन्। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी राजन गौतम ले गर्नेछन्।
भर्चुअल माध्यमबाट सञ्चालन हुने उक्त कार्यक्रम २०२६ जनवरी १५ गते साँझ ७ः०० बजेदेखि सुरु हुनेछ।
कार्यक्रमका मिडिया पार्टनर का रूपमा राम्रोपोष्ट,नेपाल न्युज पोष्ट, मातृ सन्देश डटकम तथा जापान समाचार डटकम रहेका छन्।
जापानमा रहेका नेपाली समुदायका लागि अत्यन्त उपयोगी मानिएको यस जानकारीमूलक कार्यक्रममा सहभागिता जनाउन आयोजकले सबैलाई हार्दिक अनुरोध गरेका छन्।

राम्रो पोष्ट