जापानमा मगर संस्कृतिको महाउत्सव, माघे संक्रान्ति सांस्कृतिक साँझ २०२६ हुँदै
राम्रो पोष्ट
६ पुष २०८२, आइतवार
News Summary
News Summary
टोकियो — नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानलाई प्रवासी भूमिमा पनि जीवन्त बनाउने उद्देश्यका साथ नेपाल मगर संघ जापान केन्द्रीय समितिले ‘माघे संक्रान्ति सांस्कृतिक साँझ २०२६’ आयोजना गर्ने भएको छ।
नेपालको प्रथम शहीद लखन थापा मगरको अमर स्मृतिलाई सम्मान गर्दै आयोजना हुन लागेको यो कार्यक्रम लखन सांस्कृतिक संग्रहालय निर्माण सहयोगार्थ समर्पित रहनेछ।
सांस्कृतिक साँझले मगर समुदायको इतिहास, त्याग र पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने विश्वास लिइएको नेपाल मगर संघ जापान केन्द्रीय समितिका अध्यक्ष भिक्टर ठाडा मगरले बताएका छन्।
कार्यक्रममा मगर सांगीतिक क्षेत्रका चर्चित कलाकार देविराम राना मगर, चेतन घर्ती मगर, रचना राना मगर, प्रवित्रा मगर, युवराज मगर, कामना फगामी मगर लगायतको विशेष प्रस्तुति रहनेछ।
उक्त सांस्कृतिक महोत्सव सन् २०२६ जनवरी १८ तारिख, आइतबारका दिन नाकानो जेरो हल, टोकियोमा आयोजना हुनेछ। कार्यक्रमका लागि जनरल प्रवेश शुल्क ३,००० यन तथा भिआइपी पास १०,००० यन निर्धारण गरिएको छ।
आयोजक संस्थाले माघी पर्वको अवसरमा जापानमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई संस्कृति, पहिचान र इतिहासको संरक्षणमा ऐक्यबद्धता जनाउन हार्दिक अपिल गरेको छ।
संघले हाल जापानका आधा दर्जनभन्दा बढी क्षेत्र तथा शहरहरूमा माघी पर्व विशेष रूपमा मनाउँदै आएको छ।
अहिलेसम्म गुनमा, सिजुओका, ओसाका र ओकिनावामा कार्यक्रम सम्पन्न भइसकेको जनाउँदै आयोजकले १६ तारिख फुकुओका, १७ तारिख नागोया र १८ तारिख टोकियोमा भव्य कार्यक्रम आयोजना हुने जानकारी दिएको छ।
नेपाल मगर संघ जापानको स्थापना सन् १९९५ मा भएको हो। स्थापनाको सुरुवाती दिनदेखि नै संघले जापानभरि फैलिएका मगर समुदायलाई एक सूत्रमा बाँध्दै भाषा, संस्कृति, संस्कार तथा सामाजिक उत्तरदायित्वको संरक्षण गर्ने अभियान निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ।

राम्रो पोष्ट