August 12, 2026

भर्खरै

जापान र नेपाल जोड्ने तामाङ सेलोः अनिल लामा, जनक थोकर र जितु लोप्चनको ‘दिलको कनेक्सन’

राम्रो पोष्ट २ माघ २०८२, बिहिवार
जापान र नेपाल जोड्ने तामाङ सेलोः अनिल लामा, जनक थोकर र जितु लोप्चनको ‘दिलको कनेक्सन’

टोकियो। हाल जापानमा रहेका गायक–संगीतकार अनिल लामा र गीतकार जनक थोकर तथा नेपालमा रहेकी गायिका जितु लोप्चनको सहकार्यमा नयाँ तामाङ सेलो गीत ‘दिलको कनेक्सन’ सार्वजनिक भएको छ। 

सन् २०२६ को नयाँ तामाङ गीतका रूपमा आएको यस सिर्जनाले छोटो समयमै दर्शक–स्रोताको ध्यान तान्न थालेको छ।

गीतमा अनिल लामा र जितु लोप्छनको स्वरले प्रेम, भावना र आधुनिक सम्बन्धलाई तामाङ सांस्कृतिक लयमा जीवन्त बनाएको छ। 

जनक थोकरका शब्दले आजको पुस्ताको प्रेम र भावनात्मक उतार–चढावलाई सरल तर गहिरो रूपमा प्रस्तुत गरेका छन्। अनिल लामा यस गीतका गायक मात्र नभई संगीतकार र निर्माता समेत हुन्। 

उनले नेपाल र जापानलाई जोड्दै जिपी स्टुडियो, जापान र सर्गम स्टुडियो, बौद्ध (काठमाडौं मा रेकर्डिङ गराएर अन्तरदेशीय सहकार्यको उदाहरण प्रस्तुत गरेका छन्। 

गीतको एरेन्ज जोगलाल लामा, मिक्सिङ तथा मास्टरिङ दिपेश प्रधानले गरेका छन्।

भिडियो पक्षमा युद्ध लामाको कोरियोग्राफी तथा निर्देशन, दुर्गा श्रेष्ठको छायांकन रहेको छ। भिडियोमा युद्ध लामा र रश्मिता तामाङको अभिनय देख्न सकिन्छ। सम्पादन तथा रङ संयोजन अनिल बिष्ट प्यूठानीले गरेका छन्।

जापान र नेपाललाई संगीतमार्फत जोड्ने ‘दिलको कनेक्सन’ले तामाङ सेलोलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै नयाँ पुस्तासँग जोड्ने प्रयास गरेको छ। 

अनिल लामा, जनक थोकर र गायिका जितु लोप्चनको यो सहकार्य तामाङ सांगीतिक क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट